चीनद्वारा शैक्षिक क्षेत्रको लगानीमा ८.७४ प्रतिशतको वृद्धि


बेइजिङ ।चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ । सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो ।

चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ’चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा उल्लेख छ ।

प्राप्त जानकारी अनुसार, सन् २०१९ मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । अनिवार्य शिक्षामा ९छ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालय० लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि हो ।

उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७।५३ प्रतिशतको वृद्धि हो ।

उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।