स्मारकमा पिसाब फेर्ने माथि अनुसन्धान



  • लन्डन,एजेन्सी

वेलायतको राजधानी लन्डनमा शनिवार भएको हिंसात्मक विरोध प्रदर्शनको दौरान एकसय जना भन्दा बढि व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । मुर्तिहरुको संरक्षण गरिरहेको बताउने हजारौं संख्याको भिडले प्रहरी माथि आक्रमण गरेको थियो ।

प्रदर्शनकारीहरु मध्ये केहि कट्टरपन्थि रहेका छन् । वेलायती प्रधानमन्त्री बोरिस जोहन्सनले रंगभेदी ठगहरुले वेलायतका सडकहरुमा कुनै स्थान नपाउने बताएका छन् ।

यसैगरी पिसि केइथ पाल्मरको स्मारकसंगै पिसाब फेर्दै गरेका एकजना पुरुषमाथि पनि अनुसन्धान शुरु गरिएको छ । पाल्मर सन् २०१७ को वेस्टमिनिस्टर आक्रमणमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्