युरोपले कोरोना विरुद्ध खोपको ४० करोड डोज पाउने



पेरिस (एजेन्सी)

कोरोनाको खोप विकसित भए लगत्तै युरोपले ४० कराेड यसको डोज पाउने भएको छ । कोरोना भाइरस खोप बनेपछि त्यसलाई हासिल गर्न युरोपको इन्किुसिव वाक्सिम अलायन्सले औषधी बनाउने कम्पनी अस्ट्राजेनेकासँग एक सम्झौता गरेको छ ।

यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स र नेडरल्यान्डले गरिरहेका छन् । ती खोपहरु युरोेपेली संघका सदस्य देशहरुलाई दिइने छ ।

कम्पनीले खोपको उत्पादन बढाउने आफुले प्रयास गरिरहेको जनाएको छ । कोरोना महामारीसँग लड्न कम्पनीले खोप बिना नाफा आपुर्ति गर्ने छ । यो बर्षको अन्त्यसम्ममा यसको डेलिभरी शूरु हुने पनि कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीका प्रमुख एग्जिक्युटिव पास्कल सोरियोले भने , यदि सबै कुरा सही भएमा युरोपका सबै नागरिकले यो खोप पाउने यसले सुनिश्चित गरेको छ । गर्मी सकुन्जेल सम्म हामीलाई यस सम्बन्धमा थप जानकारी हुनेछ ।

खोप बनाउने क्रममा आएको प्रारम्भिक डाटाका आधारमा खोप प्रभावकारी साबित हुने अपेक्षा गरेको पास्कल सोरियोले बताए ।

कोरोना भाइरसका लागि अहिलेसम्म कुनै खोप बन्न सकेको छैन । यसतो स्थितिमा खोप कति प्रभावकारी रहने हो यस विषयमा कुनै सटिक जानकारी छैन ।

युरोपेली वेक्सिन अलायन्स भन्दा अगाडी अमेरिकाले अस्ट्राजेनकासँग सम्झौता गरेका थिए । अमेरिका कम्पनीमा १ अर्ब २० करोड डलर लगानी पनि गर्नेछ र खोप बनेपछि अमेरिकाले ३० करोड डोज पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्