ट्रम्पकाे कुर्सी खतरामाः देशका लागि अत्यन्तै खराब हुने चेतावनी



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आफू चुनाव हारे भने देशका लागि नराम्रो हुने चेतावनी दिएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित नभएमा आफूले चुपचाप आफनो कार्यालय खाली गरिदिने उनले बताए ।

नोभेम्बरमा हुने राष्ट्रपति चुनाव हारेमा ट्रम्प स्वेच्छाले अफिस खाली गर्दैन भन्ने आंशकालाई उनले निराधार बताए । फोक्स न्युज च्यानलमा प्रसारित एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिले भने ( निश्चित रुपमा यदि म जित्दैन भने जित्दैन ।

नोभेम्बरमा हुन गइरहेको चुनावमा यदि पराजित भएमा के हुन्छ, भन्ने प्रश्नको जवाफमा ट्रम्पले भने , यदि म चुनाव हार्छ भन मलाई लाग्छ यो हाम्रो देशका लािग अत्यन्तै नराम्रो कुरा हुनेछ ।

आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका ट्रम्पको प्रतिस्पर्धा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार तथा पुर्व राष्ट्रपति जोय बाइडेनसँग हुनसक्छ ।

विशेषज्ञहरुका अनुसार ट्रम्पको तीन बर्षको कार्यकाल शान्तिपुर्ण र समृद्धीले भरिपुर्ण भएपनि हालैको कोरोना भाइरस महामारीका कारण एक लाख भन्दा धेरैका मृत्यु हुनुले उनको कुर्सी खतरामा पर्न सक्छ ।

कोरोनाले अमेरिकी अर्थब्यवस्थामा भएको नोक्सानका कारण ४ करोड भन्दा धेरै बेरोजगार भए । हालै अमेरिकामा अश्वत जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्युपछि आइरहेको सामाजिक उथल पुथलले पनि ट्रम्पले चुनावमा नोक्सान उठाउनु पर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्