आदिवासी नेतामाथि प्रहरीको ज्यादती



  • मोन्ट्रियल ,(एजेन्सी)

एकजना आदीवासआदिवासी नेतालाई बलपुर्वक निर्मम यातना दिएर गिरफतार गरिएको एक भिडियो सार्वजनिक भएपछि क्यानाडा स्तब्ध भएको छ । यस घटनाले मुलुकमा प्रहरी फौजले निरन्तर गर्दै आएको जातिवादी व्यवहार उदाँगो भएको छ ।

उक्त भिडियो फुटेजमा एथावास्का चिपेयान नेसनका अध्यक्ष एल्लान एडमलाई रोयल क्यानाडियन मोन्टेड प्रहरी अधिकारीले भुँइमा लडाएर पटक पटक मुक्का हानेको देखिन्छ । यो घटना फोर्ट म्याकमुर्रे अल्वर्टामा १० मार्चमा भएको हो ।

अमेरिकामा हालै जर्ज फ्लोइडको हत्याकाण्डलाई लिएर प्रहरीको व्यवहारको सुधारको माग गदै भएको विरोध प्रदर्शन क्यानाडामा पनि शुरु भएको छ । क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडेउले यस घटनाको स्वतन्त्र छानविन गर्न निदेशन दिएका छन् ।

१२ मिनेट लामो यस भिडियोमा प्रहरी अधिकारीसंग भनाभन गरेको लगत्तै उनी माथि सांघातिक आक्रमण गरेको देखिन्छ । मार्क नामक अधिकारीले आफ्नाी पत्नीको हात मर्काउँदै गिरफतार गर्न खोजेपछि एडमले प्रतिकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्