घाँटी नअठ्याउँन ट्रम्प सहमत



  • वासिंगटन,एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि आशंकित अपराधिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तिनीहरुको घाँटी अठयाउने विवादास्पद तरिकाको अन्त्य गरिनुपर्ने तथ्यको समर्थन गरेका छन् । काला जातिका जर्ज फ्लोइडको वर्खास्त गरिएका गोरा जाितका प्रहरी डिरेक चौभिनले घाँटी न्याकेर हत्या गरेपछि अमेरिकाभरि त्यस कार्यको व्यापक विरोध प्रदर्शन भएको थियो ।

रंगभेद विरुद्धको सो प्रदर्शन शुरु भएदेखि नै केहि अमेरिकी प्रहरी फौजले घाँटी समाउने काम माथि प्रतिवन्ध लगाइनु पर्ने दिशा तर्फ अग्रसर भएका थिए ।

फ्लोइडको घाँटी डिरेकले नौ मिनेटसम्म थिचेका थिए । ट्रम्पले यसलाई रोक लगाउनु धेरै राम्रो काम भएको तर कुनै विशेष परिस्थितीमा अझै यसको आवश्यकता बाँकी रहेको पनि फोकस न्युजलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्