पाकिस्तानी पूर्वक्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण



इस्लामाबाद, एजेन्सी

पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।४० बर्षीय अफ्रिदीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा आफू कोरोनाबाट संक्रमित भएको लेखेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्,‘गत बिहिबारदेखि मलाई सन्चो थिएन ।शरीरमा एकदम पीडा भएको थियो । स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखियो । शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना जरुरी छ ।’

यसअघि पाकिस्तानी पुर्व ओपनर तफिक उमरलाई पनि कोरोना संक्रमण भेटिएको थियो । उमर भने अहिले कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्