बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै



वासिङ्टन । अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् ।

पुर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनको समुहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्वेत अमेरिकी महिलाहरु समेत रहेका थिए ।

आकांक्षीहरुलाई मिलाउनका लागि बनाइएको सर्च कमिटिले आकांक्षीहरुसँग पटक पटक छलफल गरेर उम्मेदवारहरुको संख्या घटाउने प्रयास र प्रक्रियाहरु भइरहेको जनाएको छ । प्रारम्भिक अन्तर्वार्ताहरु र छ चरणको प्रक्रिया गरिएको उनीहरको भनाई छ ।

यति प्रक्रिया गर्दासम्म मस्साचुसेट्सको एलिजाबेथ वारेन, क्लालिफोर्नियाको कमाल हरिससँगै तत्कालीन राष्ट्रपतिपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस आकांक्षीको सूचीमा हनुुहुन्छ । अमेरिकामा यसै बर्षको अन्त्यतिर हुने निर्वाचनका लागि दल तथा नेताहरुले चुनावी कसरतलाई तिब्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्