भारतको विदेशी मुद्रा संचिति ५ खर्ब डलर नाघ्यो



मुम्बइ (एजेन्सी) ।

भारतको विदेशी मुद्रा भन्डार इतिहासमा पहिलो पटक ५ सय अर्ब डलर नाघेको छ ।

भारतिय रिजर्व बैंक (आरबीआई)ले जुन ५ मा समाप्त भएको सप्ताहमा भारतमा विदेशी मुद्रा भन्डार ८ अर्ब २२ करोड डलर बढेको छ र कुल भन्डार ५ खर्ब १ अर्ब ७० अर्ब डलर पुगेको छ । यसअघि मार्च २९ मा समाप्त भएको सप्ताहमा विदेश मुद्रा भन्डारमा ३ अर्ब ४४ करोड डलर बृद्धी भएको थियो । त्यतिबेला सम्म कुल भन्डार ४ खर्ब ९३ अर्ब ४८ करोड डलर पुगेको थियो ।

महिन्द्रा समुहका प्रमुख आनन्द महिन्द्राले यस उपलब्धीमा खुसी ब्यक्त गर्दै बढ्दो विदेशी मुद्रा भन्डारको उपयोग देशको अर्थब्यवस्यालाई बृद्धी तर्फ फर्काउने दिशामा गर्नु पर्ने बताए । करिब ३० बर्ष अघि भारतको विदेशी मुद्रा भन्डार लगभग शुन्य भएको थियो र त्यतिबेला विदेशबाट आयातका लागि हामीले सुन धितो राख्नु परेको उनले स्मरण गरे । अब ३० बर्ष पछि भारतसँग तस्रो सबैभन्दा ठूलो अन्तराष्ट्रिय विदेशी मुद्रा भन्डार रहेको छ ।

भारत यसअघि विदेशी मुद्रा भन्डारको मामिलामा रुस र दक्षिण कोरिया भन्दा अगाडी गएको हो । अब भार चीन र जापानपछि तेस्रो स्थानमा पुगेको छ । उनले एक लेखको लि)क ट्विटरमा पनि सेयर गरेको थियो, जसमा गत हप्ताको ४ सय ९३ अर्ब डलर आगामी १७ महिनासम्म आयातका लागि पर्याप्त रहेको उल्लेख गरिएको छ ।

भारतको सुन भन्डारमा भने सामान्य गिरावत आएको छ । गत जुन ५ को सप्ताहन्तमा सुनको भन्डारमा ३२ करोड ९० लाख डलर घटेर ३२ अर्ब ३५ करोड डलर पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्