‘के अमेरिकाको हात समाइरहनै पर्छ ? ’



सोल, (एजेन्सी) ।

उत्तर कोरियाले शुक्रवार आफ्ना सर्वोच्च नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको पहिलो ऐतिहासिक भेटवार्ताको दोश्रो बर्षगाँठ मनाउने क्रममा ‘ आफुले अमेरिकासंग हातेमालो गरिरहनै पर्दछ त ? ’ भन्ने अर्थपूर्ण प्रश्न तेर्साएको छ ।

यो टिप्पणी प्योंगयांगसंगको आफ्नो सम्बन्ध आफ्नो राष्ट्रपति कालमध्येका सफलताहरु मध्ये एक हुन् भने विज्ञापन गरेर हिड्ने ट्रम्प प्रतिको वेवास्ता गरिएको जस्तो पनि देखिएको छ । सन् २०१८ मा किम र ट्रम्पबिच सिंगापुरमा भएको वार्तापछि दुइृ देशबिचको सम्बन्धमा धेरै सुधार आएको थियो ।

तर त्यो वार्ताले कुनै ठोस उपलब्धि भने हासिल हुन सकेको थिएन । उत्तर कोरियाका विदेशमन्त्री रि सोन –ग्वोनले दुईवर्ष अघिको जस्तो अहिले सम्बन्ध सुधारिएको अवस्था नभएको तथा कोरियाली प्रायद्विपको शान्ति र सम्वृद्धिको झिनो आशा पनि अँध्यारो दुस्वप्नमा हराएको प्रतिक्रिया दिएका छन् । साथै उनले ट्रम्पलाई अब उत्तर कोरियाले कुनै पनि प्रतिफल बिना कहिल्यै पनि फाइदाको रुपमा प्रयोग गर्न कुनै प्याकेज प्रदान नगर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्