एउटा औषधीका लागि हजार किलोमिटरको यात्रा



हैदराबाद (एजेन्सी)
कोरोनाको बढ्दो कहरले विश्वलाई ठप्प बनाइदिएको स्थिति छ । विश्वभरी जनजीवन तहस नहस भइरहेको भयावह अवस्था बनेको छ । पुरै विश्व कोरोना उपचारको औषधीको पर्खाइमा छ ।

हरेक देश यसका लागि आफै प्रयासमा जुटिरहेका छन् । बजारमा कोरोनाको प्रभावलाई कम गर्ने औषधीको पनि ब्यापक कमी छ । मानिसहरुलाई एउटा सिटामोल किन्न पनि सकस भइरहेको छ । सामान्य विरामी पर्नु पनि अहिलेका अवस्थामा ठूलो जोखिममा पर्नु जस्तै बनेको छ ।

यस्तो प्रतिकुल परिस्थितिमा भारतमा एक ब्यक्तीले आफना विरामी पिताको औषधीका लागि १ हजार किलोमिटर तय गरेको समाचार भाइरल भइरहेको छ ।

चेन्नइका २८ बर्षीय जोएल पिन्टोलाई डाक्टसहरुले उनका पिताको उपचार टोसिलाजुमाब नामक औषधी उपलब्ध भएमा मात्र हुन सक्ने भनेका थिए । तर उक्त औषधीमा सहजमा थिएन ।

द न्यु इन्डियन एक्सपे्रस अनुसरा शहरमा विगत १५ दिन देखि यो औषधीको अभाव थियो । यो औषधीको मुल्य ७५ हजार देखि ९० हजार भारु सम्म पर्छ । सुरुमा डाक्टरहरुले औषधी डेलिभरी हुने आफुलाई बताएको जोएलले बताए । तर पछि औषधी आउने समयको कुनै ठेगान नभएको जानकारी दिए ।

मैले कयौं फार्मेसीसँग सम्पर्क गरेँ, आफना साथीहरुलाई भने, सामाजिक सन्जालमा पनि कयौं पोष्ट गरेँ तर औषधी पाउन सकिन ।

जोएलका पिता विगत दुई बर्षदेखि फोक्सोको संक्रमणबाट पिडित हुन । यो औषधीले फोक्सोमा बढ्ने जलनलाई कम गर्छ । जोएलले भने ( म जस्तै धरै जना यो औषधीको खोजीमा थिए । तर औषधी भने पाइरहेको थिएन ।

सोमबार उनका पिताको अस्पताल भर्ना भएको १३ दिन थियो । डाक्टरहरुले समस्या धेरै बढिरहेको बताए । त्यसपछि जोएललाई थाहा भयो कि हैदराबादमा औषधी पाइन्छ । हुलाकबाट औषधी आउनमा तीन लाग्न सक्छ ।

जोएलले एडभान्समा फार्मासिस्टलाई ९२ हजार भारु खातामा हालिदिए र इपासको ब्यवस्था गरे ।
जोएलले भने- त्यसपछि म आफनो गाडीमा हैदराबादका लागि निस्केँ । मंगलबार करिब १ बजे त्यहाँ पुगेँ , औषधी लिएँ र तत्काल त्यहाँबाट फर्केँ ।

यो पुरा यात्रा भनेको करिक १ हजार किलोमिटरको दुरी हो । डाक्टरहरुले अहिले उनका पिताको उपचार शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्