विरोलोको औषधी कोरोनाका लागि रामवाण



बेइजिंग (एजेन्सी)

डब्ल्युएचओ लगायत केही विज्ञहरु कोरोनाको उपचारमा कुनै औषधी वा खोप विकास गरेको दावी गर्छ भने त्यो झुठो हुने र त्यसको पछि नलाग्न सचेत गराएका थिए । यद्यपी खोपको विकास गर्नमा धेरै जसो राष्ट्र् तथा संस्था लागिरहेको र यसका लागि अझै धेरै समय लाग्ने उनीहरुले बताएका थिए ।

यस क्रममा धेरै जसो देश तथा संस्थाले आआफनो प्रयासमा यो विश्व महामारीसँग लड्न खोप तथा औषधीको विकासका लागि कोशिस गरिरहेका छन् । यसमा चीन र अमेरिका अरु भन्दा अगाडी देखिएका छन् । यसबीच कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वका लागि चीनबाट अर्को एक राम्रो समाचार आएकोछ ।

विरालोमा संक्रामक रोगको उपचारका लागि प्रयोग हुने औषधी जीसी३७६ ले प्रयोगशालामा भएको जाँचमा कोरोना भाइरसको बृद्धीलाई रोकेको छ । चिनियाँ शोधकर्ताहरुको यो दावी यस्तो बेला आएको छ, जब यो औषधी बनाउने अमेरिकी कम्पनीले युएस एफडीएसँग यसको प्रयोग मानवमा क्लिनिकल जाँचको अनुमति दिन अनुरोध गरेको थियो ।

यो शोधको नेतृत्व गर्ने प्रोफेसर झांग शुयांगले कम्प्युटर मोडल र प्रयोगशालामा परीक्षणका आधारमा विरालोको औषधी जीसी३७६ ले अत्यन्तै राम्रो असर देखाएको र यो सुरक्षित औषधी भएको बताए । यो औषधीले सार्स कोव २ भाइरसको एक महत्वपुर्ण इन्जाइमलाई रोक्छ, जसको कारण कोविड १९ को संक्रमण हुन्छ । यो इन्जाइमलाई एमप्रो नामले चिनिन्छ ।

एमप्रो इन्जाइम प्रोटिनलाई विच्छेड गर्छ र भाइरस यो एमिनो एसिडको प्रयोग ब्लक बनाउनमा गर्छ एप््रो बिन कोरोना भाइरस आफनो प्रतिकृती बनाउन सक्दैन । यो औषधी कोरोना भाइरस संक्रमित कोशिका भित्र पनि सजिलै प्रवेश गर्न सक्ने चिनियाँ वैज्ञानिकहरुले पत्ता लगाए । यो औषधीको एक मात्र डोजले पनि धेरै लाभ भइरहेको छ । त्यसैले यो औषधी मानवका लागि पर्याप्त सुरक्षित लागिरहेको छ ।

जीसी३७६ औषधी अमेरिकी कम्पनी एनिवाइव लाइफसाइन्सले तयार गरेको हो । यो औषधी विरालोलाई संक्रमण रोकथामका लागि दिइन्छ । यद्यपी कोरोना भाइरसका विरामीमा यो औषधी कहिले दिने भन्ने कुरा स्पष्ट भएको छैन । कम्पनीले एफडीएसँग मिलेर काम गरिरहेको जनाएको छ ।

प्रोफेसर चेनको अध्ययनमा कोरोना भाइरस विशेष गरि विरालोका लागि खतरनाक हुने तथ्य पत्ता लागेको थियो । विरालोमा कोरोना भाइरस लुकेर बस्न सक्ने र मानवमा फेरी फैलिन सक्ने उनले चेतावनी दिएको छ । कोरोना भाइरसले अहिलेसम्म विश्वभरी ४ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्