अलकायदा अमेरिकी अस्थिरताको फाइदा लिँदै



  • न्युयोर्क ,(एजेन्सी)

हालैको अमेरिकामा भएको जर्ज फ्लोइड हत्याकाण्ड विरुद्धको विारोध प्रदर्शनको फाइदा लिन अन्तर्राष्ट्रिय लडाकु समुह अल कायदाले मुश्लिम र गैर मुश्लिम समुदायमा आफ्नो पहुँच पु¥याएर फाइदा लिन खाजेको छ ।

जिहादी समुहको अनलाइन पत्रिका वन उम्माहले आफ्नो पछिल्लो संस्करणमा जर्ज फ्लोइडको अन्तिम अवस्थाको तस्वीर तथा चर्चित ग्राफिटि कलाकार ब्यान्कसीद्वारा तयार पारिएको जर्जकै पेन्टिंगलाई अमेरिकाका सडकहरुमा रहेका प्रर्दशनकारीहरुलाई आफ्नो नैतिक समर्थन जनाउन प्रयोग गरेको छ ।

अँग्रेजी भाषाको उक्त अनलाइनले स्पष्ट रुपमा अमेरिकी स्थानिय प्रदर्शनकारीलाई सम्बोधन गर्दै अमेरिका र यसको रजनीतिक प्रणाली , अर्थतन्त्र तथा समाजको अन्तय हुन लागेको भविष्यवाणी गरेको छ ।

सो अनलाइनले अमेकिरामा गृह युद्ध नै शुरुहुने देखिएको तथा डमेकोक्रेटले गर्न नसकेको सहयोग अल कायदाले सक्ने बताएको छ । अमेरिकाको मिन्नियापोलिसको प्रहरी हिरसातमा डिरेका चैभिन नामक एक प्रहरीले जर्जको घाँटीमा घुँडाले अँठ्याएर हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्