एक बर्षमा ४० महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ



  • अबुजा,(एजेन्सी)

नाइजेरियाली प्रहरीले एक वर्षको अवधिमा एउटा शहरमा चालिस जना महिलालाई वलात्कार गरेको अभियोगमा एकजना पुरुषलाई गिरफ्तार गरिएको जनाएको छ । प्रहरी प्रवक्ता अब्दुल्लाही हारुनाका अनुसार उत्तरी शहर दान्गोरामा बिहीबार एक जना सहसी आमाले आफ्ना बालबालिकाका शयन कोठामा उनलाई पक्रन सफल भएकी हुन् ।

तर त्यहाँबाट पनि उम्केर भागेका वलात्कारीलाई छिमेकीहरुले लखेटेर फेरी समाएका थिए । यसरी पक्राउमा परेका ती वलात्कारीको नाम भने खुलाइएको छैन । प्रहरीका अनुसार उनले ८० बर्षीया वृद्धा देखि १० बर्षीय बालिकालाई समेत वलात्कार गरेका थिए ।

केहि समय यता नाइजेरियमा हत्या हिंसा र वलात्कार जस्ता घटनामा निकै वृद्धि भइरहेको छ । जसका कारण आम जनता आजित भइसकेको छन् । कानो राज्यको सानो शहर दान्गोरा कानो शहर देखि करिव ८५ किमि दक्षिण पश्चिममा पर्दछ । स्थानिय महिलाहरुले ति कुख्यात वलात्कारीको पक्राउ पछि आफुहरु ढुक्कसंग निंदाउन सक्ने भएके बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्