फिफा वरियतामा फेरबदल भएन



न्युज अफ नेपाल, काठमाडौं ।

विश्व फुटबल महासंघ (फिफा) ले कोरोना (कोभिड–१९) महामारीकाबीच बिहिबार कुनै फेरबदल बिना नै वरियता सार्वजनिक गरेको छ ।कोरोना महामारीका कारण अन्तराष्ट्रिय प्रतियोगिता ठप्प भएको हुनाले गत अप्रिल महिनादेखि फिफा वरियतामा कुनै परिवर्तन गरिएको छैन । कुनै पनि देशको वरियता घटबढ गरिएको छैन ।

फिफाले गत ९ अप्रिलमा वरियता जारी गरेयता सबै देशको स्थान यथावत नै रहेको छ । वरियतामा बेल्जियम पहिलो स्थानमा छ । त्यस्तै, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड र उरुग्वे क्रमशः दोस्रो देखि पाँचौ स्थानमा छन् ।

विश्व वरियतामा भने नेपाल १ सय ७० औं स्थानमा यथावत छ । दक्षिण एसियाली राष्ट्रको वरियतामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्