तीन भाषामा किचकन्या



छोटो हरर फिल्म किचकन्या तीन भाषामा सार्वजनिक गरिएको छ। जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्म नेपाली, तामाङ र नेवारी गरी तीन भाषामा युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

नेपाली समाजमा किचकन्यालाई युवतीको स्वरूपमा पुरुषलाई आफ्नो वशमा पार्ने आत्माको अन्धविश्वासका रूपमा लिइन्छ। यो छोटो फिल्ममा त्यस्तै एक किचकन्याको काल्पनिक कथालाई हरर शैलीमा प्रस्तुत गरिएको छ।

निर्देशक राजोपाध्यायकै कथा तथा सम्पादन रहेको फिल्ममा जयनकुमार मोक्तानको छायांकन र कुमार लामा योञ्जनको पाश्र्व संगीत रहेको छ । फिल्ममा हरिकृष्ण शाही, सुष्मिता शाही र जयनकुमार मोक्तानले मुख्य भूमिकामा अभिनय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्