आईपीएल नहुँदा सबैलाई नोक्सान



नयाँ दिल्ली, (एजेन्सी)

इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२० सिजन कोरोनाभाइरसको कारण अनिश्चितकालका लागि स्थगित गरिएको अवस्था छ । कोरोनाभाइरसको महामारी बढेको अवस्थामा आईपीएल कहिलेदेखि हुन्छ वा रद्द नै हुन्छ यसबारे सबै अनभिज्ञ छन् । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल संचालनमा ल्याउन लागि परेको छ । यदि टी २० विश्वकप समयमा संचालन गर्न नसकेमा बीसीसीआईले अक्टोबर—नोभेम्बरको खाली समयमा आईपीएल गर्ने योजना बनाएको छ ।

यस वर्ष आईपीएल नभएमा मोचीदेखि लिएर चियरलीडर्स तथा अनक्याप खेलाडीदेखि लिएर अम्पायरसम्म सबै प्रभावित हुनेछन् । बोर्डका चार हजार करोड भारुको नोक्सानी हुनेछ । यसैगरी लिगमा सामेल हुनेहरु पनि प्रभावित हुनेछन् । भास्करण चेन्नाई सुपर किंग्सका आफिसियल मोची हुन् । उनी २००८ देखि फ्रेन्चाइजीसँग जुडेका हुन् । चिदम्बर रंगशालाबाहिर उनको पसल छ ।

उनी हरेक दिन ५ सय भारु कमाउँछन् । खेलको दौरान उनले खेलाडीहरुको पन्जा, प्याड र जुत्ताको मर्मत गर्छन् । उनले बताए कि फ्रेन्चाइजीको तर्फबाट हरेक दिनको हजार रुपिया प्राप्त हुन्छ , जबकी खेलाडीबाट अलग पैसा पनि आउने उनले बताए । तर लकडाउनको कारण उनको आम्दानी बन्द भएको छ ।

यसैगरी लिगको दौरान टिमहरुको जर्सी बिक्ने गर्छ । तर कोरोनाभाइरसको कारण कति कम्पनीको लागि घाटा भइरहेको छ । एक कम्पनीले त पाँच टिमका लागि अर्डर प्राप्त भएको थियो । तर भाइरसले गर्दा टिमहरुले अर्डर रोकिदिदा २ करोडको माल गोदामै रहेको छ ।

यस्तै अनक्याप खेलाडीहरुले पनि खेल नहुदा पैसा पाएका छैनन् । यसैगरी अम्पायरहरुले हरेक महिना ३० देखि ४० हजार कमाउने गर्छन् । उनीहरुलाई औसत गरी १५ लाख पाउने गर्छ, तर लिग नहुदा उनीहरुले पनि नोक्सान उठाउनु परेको छ ।  खेलमा हरेक चौका र छक्का प्रहार हुँदा नाच्ने चियरलिडर्सहरु पनि बेरोजगार भएका छन् ।

मुम्बई इन्डियन्समा चियरलीडर काम गर्ने ब्रिटेनकी सोफियाले लिग नभएर धेरै समस्या भएको बताइन् । उनी अनलाइन डान्सिङ क्लास र सुपर मार्केटमा नाइट शिफ्टमा काम गर्छिन् । एक चियरलीडरले औसत ११ लाख भारु कमाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्