एकै परिवारका ११ जनालाई कोरोना संक्रमण भएपछि घर नै बन्यो अस्पताल



  • नयाँदिल्ली,(एजेन्सी)

भारतको राजधानी नयाँ दिल्लीको उत्तर पश्चिमा भागमा बस्ने गर्ग परिवारका सत्रजना सदस्य मध्ये एघार जना कोभिड १९ को शिकार भएपछि तिनीहरुका घरै अस्पतालमा परिणत भएको छ । २४ अप्रिलमा आफ्ना ५७ वर्षिय काका मुकुल गर्गलाई अचानक ज्वरो आउँदा मुकुल गर्गलाई खासै ठूलो चिन्ता लागेको थिएन।

तर त्यसको ४८ घन्टा भित्रै उक्त सगोल परिवारका अन्य दुईजनालाइृ पनि बेस्सरी ज्वरो आएपछि कुरा अर्कै भयो । तिनीहरुका शरिरको तापक्रम बढुदै गयो , खोकदा खोकदै तिनीहरुका आवाज धोद्रो सुनियो । अझैपनि गर्ग परिवार यसलाई कोरोना भाइरस होला भनी मान्ने पक्षमा थिएन । तिनीहरले यो मौसमी रुघाखोकी हुनुपर्ने ठाने ।

किनभने कहिलेकाहिं एकै पटक परिवारका चार पाँच जना बिरामी हुने गरेको अनुभव तिनीहरुसंग थियो । तर केहि दिनमै परिक्षणबाट तिनीहरु मध्ये पाँचजना कोरोना भाइरस पोजिटिभ देखिए । हेर्दाहेर्दै तिनीहरुको घरले अस्पतालकै रुप लियो । किनभने एघार जना पोजिटिभ देखिइ सकेको थियो । तिनीहरुले घरमै पनि एकले अर्कालाई भेट्न छाडे र बाहिरबाट पनि कोहि भेट्न आउन छाडे ।

२५ मार्च देखि सरकारले लकडाउन लागु गरी सबैलाई घरघरमै बस्न सल्लाह दिएको थियो । तर भारतमा करिव चालिस प्रतिशत परिवार तीनचार पुस्ता एउटै सगोल परिवार बस्ने गर्दछन् । जसले गर्दा घर भित्रै पनि कोरोना संक्रमित हुने धेरे भय रहेको भाइरोलोजिस्ट डा.ज्याकोव जोह्नको भनाइ रहेको छ । गर्ग परिवारलाई घर भित्र सामजिक दूरी कायम गर्न पनि अलि कठिैनै थियो ।

३३ वषिय गर्ग आफ्नी ३० वर्षिया पत्नी र छ र दुई बर्षका सन्तान र वृद्ध मतापिता एवं हजुरआमा र हजुरबुबासंग तीन तल्ले घरको माथिल्लो तल्लामा बस्छन् । बाँकी दुई तल्लामा उनका काकाहरु अफ्ना अन्य परिवारका सदस्य संग बस्छन् । त्यो घरमा चारमहिने दुधे शिशु देखि ९० वर्षिय हजुरबुबा समेत बसेका छन् । तर अन्य संयुक्त परवारका तुलनामा तिनहिरका घरका कोठाहरु फराकिला छन् भने बाथरुम पनि छुटाछुटै छन् ।

तैपनि भाइरस यति छिटो फैलियो की झण्डै सम्पूर्ण वयस्क संक्रमित भए । तर कसरी घरमा भाइरस भित्रियो भन्नेबारे तिनीहरु यकिन रपमा भन्ने सक्तैनन् । तिनीहरुले बाहिर तरकार बेच्न आउने कोहिबाट वा बाहिर पसलमा उपभोग्य सामान खरिद गर्न जाने घरकै कुनै सदस्यबाट संक्रमण शुरु भएको अनुमान गर्छन् ।

कसैलाई केहि भइहालेको खण्डमा अन्त्येष्टिका लागि पनि कसैको सहयोग नपाउने डरले तिनीहरु परिक्षणका लागि समेत डराउने र लजाउने गरेका थिए । तर मे महिनाको पहिलो साता ५४ वर्षिया काकीलाई सास फेर्न कठिन भएपछि अस्पताल नलगी सुखै भएन ।

मेभरि तिनहिरुको कोरोना विरुद्धको संघर्षमै बित्यो । कोहि घन्टौंसम्म टेलिफोनमा डाक्टरसंग परमर्शमा बिताउँथे भने कोहि व्हाटस अप डेलीमा जाने गर्दथे । साथै धेरै ज्वरो भएका दुई व्यक्तिलाई एउटै काठामा नराख्ने जुक्ति तिनीहरु आफैंले अपनाएका थिए ।

साथै संक्रमित एघार मध्ये ६ जनामा मधुमेह , मुटु र अति तनव जस्ता समस्या भएकाले पनि गर्ग परिवार बढि भयभित थियो । हेर्दाहेर्दै कोभिड १९ स्वास्थ स्याहार केन्द्रमा परिणत भएको तिनीहरुको घरमा परिवारका सदस्यहरले नै पालैपालो नर्स र डाक्टरकोे भुमिका निभाउनु परेको थियो ।

तिनीहरलाई नब्बे वर्षिय हजुबुबाको सबैभन्दा बढि चिन्ता थियो । तर अचम्मको कुरा ३० र ३३ वर्ष गर्ग दम्पती र हुजुरबुबामा भने संत्रमणको लक्षण देखिएको थिएन । केहिलाई भने अस्पतलमै पु¥याइनु प¥यो । तर गर्ग परिवारको भाग्य नै भन्नु पर्छ विस्तारै एक पछि अर्को कोरोना मुक्त भए । १ जुनमा तेश्रो पटकको स्वास्थ परिक्षणमा पनि सबैको नेगेटिभ परिणामा आएपछि भने तिनीहरको खुशीको सिमा नै रहेन । तिनीहरुले आम्त अनुसासन , भाग्य र आत्मविश्वासको कारण कोरोनालाई पराजित गर्न सकेको ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्