हराएका सुस्त किशोर सकुशल भेटिए



  • सिडनी,(एजेन्सी)

झण्डै शुन्य डिग्री सेल्सियस तापक्रम रहेको उच्च पहाडी इलाकामा दुई रात सम्म हराइरहेका एकजना अष्ट्रेलियाली किशोरलाई स्वस्थ र सुरक्षित अवस्थामा फेला परेको बुधवार प्रहरीले जनाएको छ ।

सुस्त मनस्थिती र बाल्न अप्ठायारो भएका विल्लियम क्याल्लाघान नामक ति कशोर सोमवार भिक्टोरिया स्थित माउन्ट डिसाप्पोइन्टमेन्टमा परिवारसंग पदयात्रामा जने क्रममा हराएका थिए । उनलाई बुधवार पहाडको चुच्चो नजिक फेला पारिएको हो । उद्धारकर्ताहरुले उनलाइृ जुत्ता नलगाएको अवस्थामा फेला पारेको थिए ।

मेलवर्न देखि ८० किमि उत्तरमा पर्ने उक्त पहाडी इलाकामा उनले खाना , पानी र वासस्थानको कसरी व्यवस्था गरे भन्ने पुष्टि हुन सकेको छैन । भिक्टोरियाका महिला प्रहरी अधिकृत क्रिस्टिन ल्यालोरले विल्लियमको स्थिती हेर्दा राम्ररी खानपिन गर्न पाएको जस्तो देखिएको तर उनलाई स्वास्थ परिक्षणका लागि अस्पतालमा लगिएको जानकारी दिएकीछन् । विल्लियमकी आमा पेन्नी क्याल्लाघानले प्रहरी र उद्धार टोलिलाई धन्यवाद दिएकीछन् ।

प्रतिक्रिया दिनुहोस्