प्रदर्शनकारीले ब्यापारीको मुर्ति ढालेर पानीमा दहन गरिदिए



लन्डन (एजेन्सी)

अमेरिकामा अश्वेत जर्ज फ्लोयड मारिएको घटनालाई लिएर अमेरिका, युरोप र अष्ट्रेलियामा विरोध प्रदर्शन जारी छ । यसबीच बेलायतमा फ्लोयडलाई न्याय दिलाउन सडकमा उत्रेका प्रदर्शनकारीले पोर्ट अफ ब्रिस्टल स्थित एडवार्ड काल्स्टनको प्रतिमा ढालेका छन् ।

प्रदर्शनकारीहरुले उनको प्रतिमा पानीमा दहन गरिदिएका छन् । प्रतिमा ढालेपछि केही ब्यक्ती फ्लोयड मारिएको घटनामा जस्तै त्यसको गर्धनमा घुँडा राखेर बसेका थिए ।

यसबीच प्रदर्शनकारीहरु रंगभेदी विरुद्ध नारावाजी गरिरहेका थिए । एडवर्ड कोल्स्टनलाई १७ र १८ औं सताब्दीमा अफ्रिकी जनतालाई गुलाम बनाउनमा जिम्मेवार मानिन्छ । उनी दासहरुको ब्यापारीका रुपमा चिनिन्छ ।

सन् १६३६ मा जन्मेका कोल्स्टनको १७२१ मा मृत्यु भएको १ सय ७० बर्ष पछि १८९५ मा उक्त मुर्ती स्थापना गरिएको थियो । काल्स्टन रोयल अफ्रिकन कम्पनीमा दास ब्यापारी थिए ।

उनले ८४ हजार अफ्रिकीलाई गुलाम बनाएका थिए । जसमा १९ हजारको आन्ध्रमहासागरको मार्गमा मृत्यु भएको थियो । त्यतिबेला कोल्स्टनलाई मानिसहरु गलत मान्दैनथे, बरु उनलाई समाज सेवकका रुपमा हेरिन्थ्यो ।

कोल्स्टनलाई ब्रिस्टका पुत्र मानिन्थ्यो । उनी यसै शहरमा हुर्केका थिए र यसको सेवामा लागिरहेका थिए ।

मुर्तिमा कोल्स्टनको जन्मदिनका अवसरमा सन् १८९५ नोभेम्वर १३ मा स्थापित गरिएको अभिलेख लेखिएको थियो । उनले आफनो समयमा एक छात्र स्कुल र त्यसपछि छात्रा स्कुल बनाएका थिए ।

तर आलोचकहरुका अनुसार छात्र स्कुलमा उनका जहाजका लागि नाविक तयार गरिन्थ्यो । त्यसैले उनीहरु यसलाई समाज सेवा मान्न पुर्णरुपमा ठीक नभएको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्