पाँच छुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना !



 नासा (एजेन्सी)

नासाको प्लानेटरी डिफेन्स नेटवर्कले यो हप्ता पृथ्वी नजिकबाट ५ छुद्रग्रह हुइकिने चेतावनी दिएको छ । तर ती सबै छुद्रग्रह पृथ्वीबाट ४६ लाख ५० हजार माइल भन्दा कम दुरी हुँदै जानेछ ।

यदी कुनै तिब्र गतिको आकाशिय वलय पृथ्वीदेखि यो भन्दा कम दुरीमा आउने सम्भावना हुन्छ भने त्यसलाई अन्तरिक्ष संस्थाले खतरनाक मान्छ ।

यी छुद्रग्रहबाट विनासकारी खतरा छैन तर वैज्ञानिकहरु यसलाई नजिकबाट निगरानी गरिरहेका छन् । नासाको सेन्ट्री सिस्टमले यस प्रकारको खतरा प्रति पहिल्यै देखि निगरानी राख्छ । यसमा आगामी १ सय बर्षमा पृथ्वीसँग ठोक्किने सम्भावना राख्ने २२ छुद्रग्रह छन् ।

सबैभन्दा पहिला दुई छुद्रग्रह ३ सय १० फिट लामो २०१३ एक्सए २२ पृथ्वीबाट १८ लाख माइल र अर्को ६४ फिटको छुद्रग्रह २०२०केजेड३ पृथ्वीवाट ७ लाख ६१ हजार माइल दुरीबाट मंगलबार गुज्रिसकेका छन् । यी दुबै नोक्सान पुर्याउन सक्ने दुरीसम्म नपुगेको बताइएको छ ।

बुधबार ६५ फिटको छुद्रग्रह २०२०केवाई पृथ्वीबाट ४० लाख दुरीबाट प्रस्थान गर्ने छ । त्यसलाई पछ्याउँदै बिहिबार ६५ फिटको छुद्रग्रह ३६ लाख माइल नजिकबाट जानेछ । त्यसैगरी जुन ११ मा ६० फिटको छुद्रग्रह २३ लाख माइल दुरीबाट प्रस्थान गर्ने छ ।

गत हप्ता पछि पाँच छुद्रग्रह पृथ्वी नजिकबाट गएका थिए ।

प्रतिक्रिया दिनुहोस्