सुलेमानीको सुराकीलाई मृत्युदण्ड



  • तेहरान (एजेन्सी)

इरानको रिभोलुसनरी गार्डका कमान्डर जनरल कासिम सुलेमानीको गोप्य जानकारी अमेरिका र इजरायललाई दिने दोषीलाई मृत्युको सजायँ दिने निर्णय गरेको छ । यसै बर्ष जनवरीमा अमेरिकी ड्रोनले बग्दादमा एक आक्रमण गरि सुलेमानीलाई मारेको थियो ।

उक्त हमलापछि इरानले अमेरिकासँग बदला लिने संकल्प लिएको थियो र इराक स्थित अमेरिकी हवाई अड्डामा रकेट प्रहार गरेको थियो । यस घटनापछि दुई देशबीच युद्धको जस्तो स्थिति उत्पन्न भएको थियो ।

इरानको न्यायिक मण्डलका प्रवक्ता गुलाम हुसैन इस्माइलीले दोषीका बारेमा अत्यन्तै कम मात्र जानकारी दिएको छ । उनले ती सुराकी गर्नेको नाम महमुद मौसबी मज्द भएको मात्र बताए ।

यद्यपी मज्दलाई कसरी सुलेमानीको यात्रा सम्बन्धी जानकारी प्राप्त भयो भन्ने प्रश्न उठिरहेको छ । इस्माइलीले मज्दमाथि आरोप लगाउँदै गार्ड र अपरेसन युनिटको सुरक्षा जानकारी उसले साझा गरेको बताए । यो इकाइलाई कुद्स वा जेरुसलम बल पनि भन्ने गरिन्छ र यसको कमान्ड सुलेमानीको हातमा थियो ।

अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) र इजरायली गुप्तचर एजेन्सी मोसादसँग मज्दको सम्बन्ध रहेको इस्माइलीले आरोप लगाए । उनले यसलाई पुष्टी गर्ने कुनै प्रमाण भने दिएन । मज्दलाई कहिले फाँसी दिइनेछ भन्ने विषयमा पनि प्रवक्ताले उल्लेख गरेको छैन तर यो चाँदै नै हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्