अन्टार्क्टिका महादेशलाई कोरोनाबाट टाढै राखिने



  • अकल्यान्ड,(एजेन्सी)

अन्टार्क्टिकास्थित न्युजिल्यान्डको अनुसन्धान संस्थाले सो महादेशलाई कोराना भाइरसबाट टाढै राख्ने उद्देश्यले आगामी सिजनका लागि त्यहाँ तय भएका थुप्रै परियोजनाहरु कटौती गरेको छ ।

अन्टार्टिका न्युजिल्यान्ड नामक सरकारी निकायले ३६ वटा अनुसन्धान परियोजनालाई झारेर २३ पु¥यााइउको विविसिलाइ बताएको छ । केवल दिर्घकालिन विज्ञान अनुगमन , आवश्यक क्रियात्मक गतिविधि तथा नियोजित मर्मत संम्भार कार्य मात्र जारी रहने बताइएको छ ।

आगामी अनुसन्धानको मौसम अक्टोवर देखि शुरु भएर मार्च सम्म चल्नेछ । अन्टार्क्टिका न्युजिल्यान्डद्वारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ , ‘ पृथ्वीबाट कोभिड १९ को विदाई भएपछि त्यसबाट अछुत रहने एक मात्र महादेश अन्टार्टिकालाई हामीले नछोइकन त्यसलाई जस्तो छ त्यहि अवस्थामा राख्न लागेका छौं । ’हालै मात्र न्युजिल्यान्ड विश्वकै पहिलो कोरोना भाइरस मुक्त मुलुक घोषित भएको हो ।

प्रतिक्रिया दिनुहोस्