अदालतले पक्राउ पुर्जी दिएन



  • सोल,(एजेन्सी)

दक्षिण कोरिया स्थित एक अदालतले मंगलवार विश्व प्रसिद्ध बिद्युतिय उत्पादन कम्पनी सामसुंग उत्तराधिकारी लि जाय योंगलाई पक्रन अनुरोध गरिएको पक्राउ पुर्जि दिन अस्विकार गरेको छ । लि विरुद्ध धोकाधडी र स्टक व्यवस्थापनमा अनियमितता गरेको अभियोग लगाइएको छ ।

अदालतको यस निर्णयको कारण केहि समयका लागि भएपनि दक्षिण कोरियाका बहुराष्ट्रिय कम्पनीका वास्तविक अध्यक्ष लिलाई राहत मिलेको छ । तर सरकारी वकिलहरुले अभियोग माथि अनुसन्धान जारी राख्ने बताएकाले लि अझै ढुक्क हुने स्थितमिा छैनन् ।

लि विरुद्धको मुद्धा सन् २०१७ को दक्षिण कोरियामा तहल्का नै मच्चाएको राजनीतिक तथा व्यापार काण्डमा रहेको उनको भुमिकासंग पनि सम्बन्धित रहेको छ । अनियमितताका प्रमाणहरु नष्ट गरेको अभियोगमा सामसुंग कमपनीका उपध्यक्ष र अन्य तीनजना कार्यकारिणी अधिकारीलाई कैद संजाय भइसकेको छ । सन् २०१४ मा लिका पितलाई हृदयघात भए यता उनी आफैंले सामसुंग कम्पनीको वास्तविक मालिककै भुमिका निभाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्