फ्लोइडका हत्यारा प्रहरीलाई जमानत !



  • वासिंगटन,एजेन्सी 

अश्वेत जातिका जर्ज फ्लोइडको हत्या अभियोग लागेका गोरा जातिका अमेरिकाको मिन्नियापोलिसका पूर्व प्रहरी अधिकारी डिरेक चौभिनलाई पहिलो पटक अदालतमा उपस्थित गराइएको छ । उनको जमानत रकम १२ लाख ५० हजार अमेरिकी डलर तय गरिएको छ ।

वकिलहरुले उनको अपराधको प्रकृति निकै गम्भीर भएको तथा आक्रोशित जनताले उनको जमानत कम्तिमा १० लाख डलर माथि हुनुपर्ने आवाज उठाएको बताएका छन् । डिरेकले प्रहरी हिरासतमै जर्जको घाँटीलाई आफ्नो घुँडाले अठ्याइरहेको भिडियो फुटेज सार्वजनिक भएपछि अमेरिकी जनता लगायत विशव नै स्तब्ध बन्न पुगेको थियो ।

घटनास्थलामा उपस्थित अन्य तिनजना प्रहरी अधिकारीलाई पनि वर्खास्त गर्दै हत्यामा सहयोग र मिलोमतो रहेको अभियोग लगाइएको छ । मे महिनामा भएको यस हत्याकाण्डको कारण प्रहरी आचरणमा सुधारको माग गर्दै विश्वभरि प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्