प्रदर्शनको फोहर थान्को लगाउँदा गाडी उपहार



न्युयोर्क (एजेन्सी) ।

अमेरिकामा ‘ब्ल्याक लाइव्स म्याटर’ अभियानलाई लिएर देशब्यापी हिंसात्मक विरोध प्रदर्शन भइरहेको छ । अश्वेत जर्ज फ्लोयडको मृत्युपछि यो प्रदर्शन शुरु भएको हो । प्रदर्शनकारीहरु हातमा बोर्ड, कागज र पमपलेट लिएर विरोध गरिरहेका छन् । यसबीच एक किशोरले सबैको मन जित्ने काम गरेका छन् । प्रदर्शनकारीहरु प्रदर्शनपछि घर फर्किन्छन् र त्यहाँ फोहर छोडेर जान्छन् । एन्टोनियो जेवन जुनियर त्यो ब्यक्ती हो जसले ती सबै फोहर उठाए ।

एन्टोनियोले न्युयोर्कमा विहान २ बजे देखि मध्यान्ह १२ बजेसम्म प्रदर्शनका क्रममा फ्याँकिएका कागज, प्लास्टिक उठाए । जब अर्को दिन स्थानिय इकाई सफाईका लागि आए, उनीहरु अचम्ममा परे । उनीहरुलाई थाहा भयो, एन्टोनियोले ती फोहर बिग्रनु अगाडी नै उठाए ।
१८ बर्षिय एन्टोनियो अहिले हाईस्कुलमा पढ्छन् । उनले सीएनएनलाई भने , उनले स्थानिय समाचारमा बेली एविन्यु, बफेल्लो पुरै कागज, प्लास्टिक र ग्लासका टुक्राले भरिएको छ । उनलाई थाहा थियो, मानिसहरुलाई विहानै त्यहीँबाट भएर आआफनो काममा जानु पर्नेछ । त्यसैले उ आफै १० घन्टासम्म त्यसको सफाईमा लागे ।

म्याट ब्ल्याक नामका एक ब्यक्तीलाई जब यो कुरा समाचारका माध्यमबाट थाहा भयो । उनले एन्टोनियोलाई एक गाडी उपहार दिए । उनले उपहारमा २००४ मोडल मुस्टांग कन्भर्टिवल गाडी दिएको हो । एन्टोनियोले भने, उनकी आमासँग पनि यस्तै गाडी थियो । सन् २०१८ मा उनको मृत्यु भएको थियो । उनले भने ,-‘ यो भावनाको बयान गर्ने मसँग कुनै शब्द छैन ।’

यतिमात्र होइन एक स्थानिय ब्यापारी बब ब्राइसल्यान्डले आफनो तर्फबाट उनको गाडीको बिमा गरिदिए । त्यसैगरी बफेलो स्थित मेडिली कलेजले आफनो तर्फबाट एन्टोनियालाई छात्रबृत्ति प्रदान गरेको छ । एन्टोनियो विजनेसको पढाईका लागि पैसा जम्मा गरिरहेका थिए । कलेजका तर्फबाट यो प्रस्ताव आएको थियो । अब उनी बिजनेसको पढाई कम खर्चमा गर्न सक्ने भएको छ । बबले भने -,’ अहिलेको समय हामीले विश्वलाई देखाउनु छ, यो सहरमा केही असल ब्यक्ती पनि छन्, जसले एक अर्कालाई मद्दत गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्