गाईको शरीरमा कोरोना विरुद्धको एन्टिबडी बिकसित



वासिंगटन (एजेन्सी)

कोरोना भाइरसको उपचार र संक्रमण फैलिनबाट रोक्ने उपायका लागि विश्व नै लागिरहेको । यसबीच अमेरिकाको बायोटेक कम्पनी साब बायोथेरापिटिक्सले गाईको शरीरमा सार्स कोव २ विरुद्ध प्रभावकारी साबित हुन सक्ने अनुमान गरिएको एन्टिबडी विकसित गर्नमा सफलता हासिल गरेको छ ।

यो सामान्य गाई नभएर जेनेटिकली मोडिफाईड गरिएको हो । कम्पनी अब यो विधिको क्लिनिकल जाँच गर्ने तयारी छ । कम्पनीको दावी अनुसार एक गाईबाट हरेक महिना सयौं ब्यक्तीको उपचारका लागि पर्याप्त एन्टिबडी बनाउन सकिनेछ । यसलाई प्लाज्मा उपचार भन्दा ४ गुणा प्रभावकारी बताइएको छ ।

वर्णशंकर गाईको एन्टिबडीबाट भाइरस संक्रमण राक्न वा संक्रमितको उपचार हुन सकिने साइन्स म्यागजिनले जनाएको छ । साब बायोथेरापेटिक्सले मिडिल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) यो विधिमा काम गरिरहेको थियो ।

सार्स कोव २ बाट संक्रमणपछि गाईले एक हप्तामा नै एन्टिबडी बनाउन थाले, किनभने यतिबेला सम्म अनुसन्धानकर्तालाई कसरी भाइरसलाई निसाना बनाउन सकिन्छ भन्ने थाहा थियो ।

यो एन्टिबडी कल्चर सेल्सका माध्यमबाट ल्याबमा सुर्तीको बोटमा तयार गरिन्थ्यो, तर २० बर्ष देखि अनुसन्धानकर्ताहरुले गाईको खुरको तल्लो हिस्सामा यो बिकसित गरिरहेका छन् । यही अनुसन्धानका आधारमा साब बायोथेरापेटिक्स काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्