चन्द्रयात्रीका लागि कक्षमा विश्राम होटल



वासिंगटन (एजेन्सी)

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्षयात्री अब चन्द्रमामा पाइला टेक्नु अगाडी कुनै होटल जस्तो अनुभव दिने एक माड्युलमा बस्न पाउने छ । यो मोड्युल चन्द्रमाको कक्षमा हुने छ ।

यसका लागि नासाले नथ्र्रोप ग्रुम्मनलाई १८ करोड ७० लाख डलरको कन्ट्य्राक्ट दिएको छ । यो नासाको अर्टेमिस अभियानको हिस्सा हुनेछ, जसमा पहिलो महिला वा पुरुषलाई सन् २०२४ सम्ममा चन्द्रमामा पठाइने छ । यो सन् १९७२ पछि पहिलो पछक मानवलाई चन्द्रमामा उतार्ने प्रयास हुनेछ ।

गेटवेका रुपमा हुने एक सानो फ्ल्याटको आकारको हेबिटेसन एन्ड लजिस्टिक आउटपोस्ट (एचएएलओ) निर्माण गरिनेछ जसले चन्द्रमाको चक्कर लगाइनेछ । एचएएलओ र गेटवेको सन्चालनका लागि आवश्यक संरचना सन् २०२३ मा प्रक्षेपण गर्ने योजना छ ।

पृथ्वीबाट जाने अन्तरिक्ष यात्री सुरुमा गेटवेमा पुग्नेछ र फेरी चन्द्रमामा जानेछ । यो इन्टरनेसनल स्पेस स्टेसन भन्दा सानो आकारको हुनेछ । चन्द्रमाको यात्राका लागि आवश्यक पुर्वाधार बलियो बनाउन यो कन्ट्य्राक्ट दिनु अत्यन्त महत्वपुर्ण कदम भएको नासाका एडमिनिस्ट्रेसन जिम बाइडेनस्टाइनले बताएको छ ।

गेटवे भित्र एचएएलओमा दबावयुक्त क्वाटर तयार गरिनेछ जसमा अन्तरिक्ष तथा चन्द्र यात्रीहरु रुक्न सकिनेछ । यो कयौं मोड्युल मिलेर बनेको हुनेछ र यसलाई विस्तार पनि गर्न सकिनेछ । यहाँ चन्द्र यात्रीले केही समय विताउने छ । प्रारम्भिक डिजाइनको समिक्षा भएपछि यानको डिजाइनमा सुरक्षा तथा उडानका लागि आवश्यवक जाँच हुनेछ । त्यसपछि हार्डवेयर बनोउन काम शुरु हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्