न्युजिल्याण्डकी प्रधानमन्त्री खुशीले नाचिन् !



  • अकल्यान्ड,(एजेन्सी)

न्युजिल्यान्ड सरकारले सोमवारको मध्यराति देखि कोरोना भाइरस संक्रमणको कारण लगाइएका झण्डै सम्पूर्ण बन्देज हटाउने निर्ण गरेको छ । अहिले त्यहाँ नयाँ संक्रमणको स्थिती शुन्य रहेको छ । न्युजिल्यान्डले सतर्कताको चार स्तर मध्ये सबैभन्दा न्युन अर्थात ए लेभललाई कार्यान्वयन गर्न लागेकोे हो ।

यस नियम अन्तर्गत सामाजिक दूरी कायम राख्न तथा सार्वजनिक स्थलमा भेला हुन कुनै बन्देज खेप्न नपर्ने भएको छ । तर देशका सिमाहरु भने अझै बन्दै रहनेछन् । विगत दुई साता देखि न्युजिल्यान्डमा कुनै नयाँ संक्रति भेटिएको छैन ।
प्रधानमन्त्री जासिन्दा आर्दनले पत्रकारहरुलाई भनेकी छन् , ‘ देशमा अत्र सक्रिय भाइरस नरहेकाले लकडाउन पूर्ण रुपमाहटन लागेको खवर सुनेर खुशी एकछिन त म न नाची बस्न सकिन ।

हामी सुरक्षित र बलियो अवस्थामा रहेपनि कोभिड १९ पूर्वको जीवनमा फर्कन अझै सजिलो छैन । तर अहिले सम्म स्वास्थमा केन्दि«तहाम्रो सम्पूर्ण पुन अर्थतन्त्र बलियो बनाउने दिशामा केन्द्रित रहने छ । ’

प्रतिक्रिया दिनुहोस्