प्योंगयांगले सोलको फोन उठाएन



  • सोल,(एजेन्सी)

पहिलो दक्षिण कोरियाले उत्तर कोरियास्थित संयुक्त रुपमा संचालित आपसी सम्पर्क कार्यालयमा गरिएको नियमित टेलिफोन कलको जवाफ नदिएको बताइएको छ । केहि दिन अघि मात्र प्योंगयांगले उत्तर कोरियाली मि शहर काएसोंग स्थित उक्त अन्तर केरियाली सम्पर्क कार्यालयबाट आफूले हात झिक्न लागेको बताएको थियो ।

सन् २०१८ मा दुवै मुलुकका नेता मून जाय इन र किम जोंग उनबिच दुई मुलुकबिचको तनाव घटाउँदै लैजाने उद्देश्यले एउटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अन्तगत यो सम्पर्क कार्यालय स्थापना भएको हो ।

यसैगरी गत जनवरीमा पनि कोभिड १९ महामारीको कारण यो कार्यालय केहि समयका लागि बन्द भएको थियो । तर सोमवार सम्म दुवै पक्षबिच नियमित सम्पर्क कायम रहेको थियो । बिहान ९ र साँझ ५ बजे गरी दुवै कोरियाले प्रत्येक दन दुईपटक यस कार्यालयमा फोन गर्ने गर्दथे । दक्षिणको एकिकरण मन्त्रालयले सोमवार पहिलो पटक सोलको फोन नउठेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्