गुगलमा अर्का भारतीय हाकिम


न्युज अफ नेपाल,काठमाडौं ।

बिश्वकै सबैभन्दा ठूलो ईन्टरनेट सर्च इन्जिन कम्पनी गुगलले सर्च एण्ड असिस्टेन्ट डिपार्टमेण्टका प्रमुखका रुपमा भारतीय नागरिक प्रभाकर राघवनलाई नियुक्त गरेको छ ।

६० बर्षीय राघवन सन् २०१२ देखि गुगलमा कार्यररत छन् । उनको जन्म भारतको चेन्नेईमा सन् १९६० मा भएको थियो । यसअघि उनी गुगल एप्स र गुगल क्लाउडका समेत उपप्रमुखका रुपमा काम गरिसकेका छन् । गुगलका हालका सिईओ सुन्दर पिचाई पनि भारतीय नै हुन् ।

यसरी गुगलको महत्वपूर्ण पदमा पुग्ने राघवन दोस्रो भारतीय हुन् । उनले अब यसअघि बेन गोमले सम्हाल्दै आएको गुगल सर्च एण्ड असिस्टेण्ट डिपार्टमेण्टका प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । राघवनले अमेरिकाको क्यालिफोर्निया विश्वबिद्यालयबाट ईलेक्ट्रिकल एण्ड कम्प्युटर साईन्स बिषयमा पिएचडी गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।