कला शिक्षालाई माटो सुहाउँदो बनाउन जोड



नेपाल ललितकला पत्रकार समाज (सोफाज)को नियमित कार्यक्रम कलाका कुराको ३९औं शृंखलामा कला शिक्षाको अवस्था र चुनौती विषयक बहसमा कला शिक्षालाई माटो सुहाउँदो बनाउन ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। भर्चुअल बहसमा काठमाडौं विश्वविद्यालय कला विभागका सहप्राध्यापक सुजन चित्रकार तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पस ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेल सहभागी थिए।

नीहरूले नेपालमा कला शिक्षालाई समयापेक्षसँगै प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै नेपालको कला शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाका बारेमा आ–आफ्ना धारणा राखे।

डा. पोखरेलले पछिल्लो परिस्थितिलाई ध्यान दिई आगामी दिनमा पठनपाठन बनाउनुपर्ने चुनौती थपिएको बताए। नेपाली माटो सुहाउँदो कला शिक्षा हुनुपर्नेमा जोड दिँदै उनले भने– ‘कोरोना भाइरसका कारण लगाइएको लकडाउनले कला विषय अध्यापनको पाटो निकै चुनौतीपूर्ण बनेको छ। प्राक्टिकल विषय भएकाले यसलाई कसरी अनलाइन तथा अन्य माध्यमबाट अध्यापन गराउने भन्ने बारेमा हामीहरू छलफलमै छौं।’

आगामी दिनमा नेपालमा मौलिक कला र संस्कृतिका विषयलाई समेत पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राख्दै डा. पोखरेलले विश्वविद्यालयसँगै केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कलाको महत्वलाई ध्यान दिइ कार्यक्रम ल्याउनुपर्ने जिकिर गरे। उनले नेपालमा खुलेका सबै विश्वविद्यालयले कला विषय अध्यापन गराउनुपर्ने बताए।

त्यस्तै, सहप्राध्यापक चित्रकारले कला शिक्षा समयसापेक्ष हुनुपर्ने भनाइ राख्दै नेपालमा कला शिक्षालाई जटिल नबनाई सरल र दक्ष बनाउनुपर्ने बताए। उनले कला शिक्षालाई पहिलेको जस्तो जटिल नबनाई सहज र व्यावहारिक बनाउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने– ‘अब कला शिक्षकभन्दा पनि फेसिलेटरका रूपमा विद्यार्थी उनीहरूको रुचिलाई मार्गनिर्देशन गर्नुपर्दछ।’ सहप्राध्यापक चित्रकारले काठमाडौं विश्वविद्यालयले दक्षिण एसियाली कला त्यसमा पनि नेपाली कलाका विविध शैली र धारालाई बढी जोड दिएको सुनाए। उनले भने– ‘पश्चिमी तथा पूर्वीय मान्यतामा आधारित कलाका विविध पक्षलाई ध्यान दिएर पाठ्यक्रम बन्नुपर्दछ, जसले हामीलाई सीमित नराखी खुला र दक्ष बनाउन महत्वपूर्ण सघाउ पु¥याउँछ।’

नेपालमा कला शिक्षाका बारेमा खासै बहस नभइरहेका बेला समाजले बहसको थालनी गरेको अध्यक्ष केशवराज खनालले बता । उनले कला शिक्षालाई विद्यालय तहदेखि लागू गर्न सकिए त्यसले नेपालको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण सघाउ पु¥याउने जिकिर गरे। समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा भएको कार्यक्रमलाई आर्ट नेपाल र प्रोसी सोलुसनले प्राविधिक सहयोग गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्