मायालु प्रियसी सार्वजनिक



कोरोेना कहरका कारण विश्वभरिनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्रसमेत प्रभावित भएको छ। मनोरञ्जन उद्योग स्थगित भएकाले संसारभर नै कलाकारहरू सामाजिक सञ्जालमार्फत् दर्शकहरूलाई मनोरञ्जन दिइरहेका छन्।

यसै क्रममा लामो लकडाउनको समयलाई सदुपयोग गर्दै गायक रन मगरले मायालु प्रियसी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजित रानाको रहेको छ। गीतमा संगीत गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ। द साइलेन्ट मंक ब्यान्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ।

कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजित रानाको निर्देशनमा तयार पारिएको हो।

भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्