उर्वशीले डान्स सिकाएर कमाएको ५ करोड लगाइन् कोरोनाविरुद्धको लडाइँमा



महामारीका रूपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणले भारतमा पनि उत्तिकै प्रभावित बनाएको छ।
मुश्किलको यो घडीमा मानिसहरू सरकारलाई सहयोग गर्न अगाडि बढिरहेका छन्। बलिउडका कलाकारहरूले पनि कोरोना भाइरसविरुद्धको लडाइँमा सघाइरहेका छन्। कतिपय स्टार कलाकारले पीएम केयर्स फन्डमा रकम सहयोग गरेका छन्।

त्यसै गरी कतिपय कलाकारले मुस्किलको यो घडीमा गरिबहरूलाई सघाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री उर्वशी रौतेलाले फरक ढंगले लकडाउन पीडितलाई सघाएकी छिन्।

समाचारमा जनाइएअनुसार उर्वशी रौतेलाले इन्स्टाग्राममा आप्ना फ्यानलाई भर्चुअल डान्स मास्टरक्लास आयोजना गर्ने जानकारी दिइन्। उनले त्यो क्लासअन्र्तगत मानिसलाई निःशुल्क रूपमा जुम्बा, तबाटा र ल्याटिन डान्स सिकाइन्।

टिकटकमा डान्स मास्टर क्लास सञ्चालन गर्दा उर्वशीका साथ १.८ करोड मानिस जोडिन पुगे। यसबाट उर्वशीलाई ५ करोड रुपियाँ प्राप्त भयो र उनले त्यो रकम कोरोना भाइरसविरुद्धको लडाइँका लागि उपलब्ध गराएको समाचारमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्