ताराको छड्के नजर



गीतकार तारा अधिकारीको शब्द रचनामा तयार भएको गीत छड्के नजरको लिरिकल भिडियो हालै सार्वजनिक गरिएको छ।
गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो नहकुल खड्काले तयार पारेका हुन्।

आप्नो गीति अडियो एल्बम सुनौलो तारामा संगृहित गीतहरू कोरोना संक्रमणको जोखिमका कारण लकडाउन गरिएकाले भिडियो छाँयांकन गर्न नपाएपछि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन्। यो गीत सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्