काठमाडौंबाट प्यूठान पुगेका ११ जनामा आरडीटी पोजिटिभ


न्युज अफ नेपाल,प्यूठान ।

काठमाडौंबाट प्युठान आएका ११ जनामा र्‍यापिड डाइग्रोस्टिक टेस्ट ९आरडीटी० परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरु हाल प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । रिपोर्ट पोजिटिभ देखिनेहरुमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको छ । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।