कोरोनालाई पर राख्न सचेतना गीत



धरानका केही संगीतकर्मीहरूले कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै म्युजिक भिडियोसहित सचेतनामूलक गीत तयार पारी सार्वजनिक गरेका छन्।

संगीतकर्मीहरू रोहित मास्के, हेम सुब्बा, सञ्जीव लामा तामाङ र मनोज मोतेको समूहले घरमै गीत रेकर्ड गरेर मोबाइलबाट नै भिडियो खिची मोबाइलबाटै सम्पादन गरेर म्युजिक भिडियो तयार पारेका हुन्।

हामी बाँचाैं, यो देश बचाऔं, संसारलाई बचाऔं बोलको गीतमा रचना, संगीत र संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के, सञ्जीव लामा तामाङ र मनोज मोतेले स्वर दिएका छन्। म्युजिक भिडियोमा कन्सेप्ट तथा सम्पादन सञ्जीव लामा तामाङको रहेको छ।

गीतले भन्छ,
बन्द छ नभनी देउ, जित्नु छ यो लडाईं हामीले मिलेर
लड्नु छ हामी एक भई जित्नु छ हामी बन्दी भई यहाँ
जोगिनु छ सबैले
हामी बाँचाैं, यो देश बचाऔं, संसारलाई बचाऔं।
यो महामारीबाट जोगिन घरमै बस्न अनुरोधसहित गीत तयार पारिएको गायक रोहित मास्केले बताए।

 

प्रतिक्रिया दिनुहोस्