दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा



अमेरिका बस्दै आएका नेपाली प्रतिभा दिवेश पोखरेल विश्व चर्चित टेलिभिजन गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन्।

आर्थर गन नामबाट अमेरिकन आइडलमा स्पर्धा गर्दै आएका दिवेश दर्शकको भोटिङका आधारमा उत्कृष्ट ७ मा पुगेका हुन्। दर्शक र संगीतप्रेमीहरूका साथ निर्णायकको समेत प्रिय बनिरहेका दिवेश थप एक चरणसँगै फाइनल स्पर्धामा पुग्नेछन्।

दिवेश उत्कृष्ट ७ मा पुगेसँगै दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ। अमेरिकन आइडलको पछिल्लो भागमा उनले सामुयल ई राइटको किस् द गर्ल बोलको गीत गाएर सुनाएका थिए। सदा झैैँ उनले यो प्रस्तुतिमा पनि निर्णायकको प्रशंसा पाएका थिए।

अमेरिकी क्यालेन्डरअनुसार परेको मदर्स डेका लागि अमेरिकन आइडलको उत्कृष्ट ५ का लागि प्रस्तुति दिएपछि अर्को चरणमा सातै जनाले आप्mनो आमालाई सामुन्ने राखेर गीत गाएका थिए।

दिवेशले बोन इभरको हे मा बोलको गीत गाएर आप्mनो आमालाई समर्पण गरेका थिए। उनको गीत गाएनपछि उनकी आमाले दिवेशलाई अंकमाल गरेकी थिइन्। अघिल्लो भागमा जस्तै पछिल्लो भागमा पनि प्रतिस्पर्धीहरूले आ–आप्mनो घरबाटै प्रस्तुति दिएका थिए।

दिवेशलाई अमेरिकन आइडलमा अगाडि बढाउन अमेरिकासँगै नेपालबाट पनि भोट गर्न सकिन्छ। तर यसका लागि भीपीएन डाउनलोड गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्