पूर्व क्रिकेटर चालिसेद्वारा राहत वितरण



न्यूज अफ नेपाल, काठमाडौं ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा पूर्व क्रिकेटर बरदान चालिसेले मध्यम वर्गलाई राहत सामग्री सहयोग गरेका छन ।नेपाली अन्दर १९ क्रिकेट टिमका पूर्व कप्तान वरदान चालिसेले काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई खाधान्न वितरण गरेका हुन । लक डाउनका कारण मध्यम वर्गको समस्यालाई आत्मसात गर्दै उनीहरुलाई पनि राहत दिने कार्य भएको हो ।

मध्यम वर्गिय परिवारको समस्यालाई मध्यनजर गरेर सामाजिक अभियन्ता भैरब सापकोटाको पहलवाट पूर्व क्रिकेट खेलाडी बरदान चालिसेले ५२ जनालाई राहत सामाग्री प्रदान गरिएको सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन् ।

यस्तो विषम परिस्थितिमा आफूले सक्दो सहयोग गर्न पाउंदा अत्यन्त गौरब लागेको पूर्व क्रिकेटर चालिसेले बताएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। विपन्न वर्गलाई लक्षित गरी सरकारले राहत दिए पनि मध्यम वर्गीयहरुको दैनिकी पनि अहिले कष्टकर बन्दै गएको उनले बताए।

उनको कप्तानीमा नेपालले एसीसी अन्दर १९ को उपाधि जित्दै सन २००२ मा न्युजिल्यान्डमा सम्पन्न आईसीसी अन्दर १९ विश्वकपमा छनोट भएको थियो । जहाँ नेपाली टिम प्लेट च्याम्पियनशिपको फाइनलमा जिम्बाब्वेसँग पराजित हुँदै उपबिजेता बनेको थियो।

प्रतिक्रिया दिनुहोस्