उत्कृष्ट १० मा पुगे दिवेश



नेपालीका साथै अमेरिकन संगीतप्रेमीहरुक्ँे समेत मन जित्न सफल नेपाली गायन प्रतिभा दिवस पोखरेल अमेरिकन आइडलको पछिल्लो संस्करणको उत्कृष्ट १० मा पर्न सफल भएका छन्।

विश्वकै लोकप्रिय मानिएको गायन रियालीटी शो अमेरिकन आईडलको १८ औं संस्करणमा सहभागी दिवेश दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १० मा पुग्न सफल भएका हुन्। कोरोना भाइरसको जोखिमका बिच चलिरहेको यो रियालीटी शोमा उत्कृष्ट १० को छनौटका लागि घरबाटै भिडिओ अडिसन गरिएको थियो।

अर्थर गनका नाममले अमेरिकन आईडलमा स्पर्धा गरिररहेका दिवेश उक्त अडिसनमा घरमा ममः बनाउँदै गरेको अवस्थामा देखिएका थिए। दिवेशले नेपालमा मःम लोकप्रिय परिकार रहेको जानकारी गराउँदै मःमले आफूलाई नोस्टाल्जिक बनाउने भिडियोमा उल्लेख गरेका छन्। उनले अडिसनका लागि यही भावनासँग मिल्दोजुल्दो गीत पनि छाने। उनले भिडियो अडिसनका लागि जोन डेन्भरको सन् १९७१ को टेक मी होम, कन्ट्री रोड्स बोलको कन्ट्रि सङ छानेका थिए।

उनले यो समयमा यो गीत आप्mनो लागि मात्र नभई विश्वभरका मानिसका लागि उपयुक्त भएको भन्दै शो गीत एकाग्र भएर गाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्