लकडाउनमा घरैमा औषधि पु‍-याउँदै नेबिसंघका नेता दिपेन्द्र



विमल विष्ट,डोटी ।

विश्वव्यापी हामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले लकडाउन गरेपछि औषधी नपाएर समस्यामा परेका जिल्लाका नागरिकलाइ नेपाल विद्यार्धी संघ डोटीका युवा नेता दीपेन्द्रबहादुर सिंहले घरैमा निःशुल्क औषधी बितरण गर्न थाल्नु भएको छ । सामाजिक अभियन्ता समेत रहनु भएका युवा नेता सिंहले जिल्लामा रहेका दम, प्रेसर, सुगर लगायत दीर्घरोग भएका व्यक्तिहरुका लागि बिभिन्न औषधालयहरुको सहकार्यमा निःशुल्क औषधीको संङ्कलन गरी बिरामीको घरमै गएर बितरण गर्न थाल्नु भएको हो ।

लकडाउनका कारण जिल्लामा रहेका अधिकांश दीर्घरोग भएका व्यक्तिहरुलाई औषधी नपाएर समस्या भईरहेको खबर पाएपछि आफुले यहाँका बिभिन्न अस्पताल तथा मेडिकलको सहयोगमा औषधी बितरण सुरु गरेको नेबिसंघ डोटीका युवा नेता तथा सामाजिक अभियन्ता दीपेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधी नपाएर गाउँका नागरिक समस्यामा परेको खबर मैले पाए, यहाँका बिभिन्न स्वास्थ्य संस्थाको सहयोगमा घरै गएर औषधी दिदैछु, औषधी पाउँदा बिरामीलाइ निकै राहत मिलेको छ

।” सिंहले निःशुल्क औषधी बितरण गर्न थालेपछि अहिलृ जिल्लाका ग्रामीण भेगका दीर्घरोग भएका व्यक्तिहरुले निःशुल्क रुपमा घरमै औषधि सेवन गरिरहेको शिखर नगरपालिकाका स्थानीय चिन्तामणी धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले अस्पताल गएर औषधी किन्न नपाउँदा कतिपए दीर्घरोगी लाइ समस्या भएको थियो, दीपेन्द्र जी ले घरैमा निःशुल्क औषधी पु¥याएपछि बिरामीलाइ राहत मिलेको छ ।”

सिंहले जिल्लाको शिखर नगरपालिका वडा नं १० मा रहेका १२ जना दीर्घरोग भएका बिरामीलाइ घरमै गएर औषधि बितरण गर्नु भएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधी नपाउँदा हाम्रो नगरपाmिकाका १२ जना दीर्घरोगी निकै पिडि थिए, दीपेन्द्र भाइले औषधी ल्याउनु भएपछि उनीहरुको समस्या समाधान भएको छ, यस्तो सरहानिय कामका लागि उहाँलाइ धन्नेबाद ।”

त्यसैगरी युवा नेता सिंहले यसअघि यहाँका बिभिन्न स्थानीयतहका क्वारेन्टाइनमा बसेका युवाहरुलाई साहित्यिक तथा ज्ञानवद्र्धक पुस्तक समेत वितरण गर्नु भएको थियो । क्वारेन्टाइनमा बस्दा मानसिक तथा अन्य कुनै समस्या नआओस् भन्नका लागि पुस्तकहरु बितरण गरेको सिंहको भनाइ छ । जिल्ला प्रशासनको सहकार्य तथा सिंहको अगुवाईमा जिल्लामा राहत सामग्री संङ्कलन समेत भईरहेको छ ।

अहिलेसम्म करिब ३५० बोरा चामल, २०० किलोग्राम दाल तथा १०० पोका नुन, खानेतेल लगायत संङ्कलन भएको उक्त सामग्री आज जिल्लाको बोगटान फुड्सिल र केआईसिँह गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आज मंगलबार दिपायलमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको राहवरमा उक्त राहत सामग्री गाउँपालिका अध्यक्ष लाइ हस्तान्तरण गरिएको हो ।

दुईवटा गाउँपालिकालाई हाल ५०/५० बोरा चामल प्रदान गरिएको राहत गरिएको छभने बाँकी रहेको चामल अन्य गाउँपालिका लाइ बितरण गर्ने उहाँको तयारी छ । राहत बुझिसकेपछि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले अहिलेको विपद्को कठिन अवस्थामा रहेका विपन्न नागरिकका लागि उपलब्ध उक्त राहत धेरै ठुलो समस्या समाधान हुँने बताउनुभयो । उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनमा परेका नागरिकलाइ मद्दत गर्ने सहयोगी कार्यक्रमहरूले विपद्का बेला जोखिममा रहने विपन्न वर्गको दैनिक छाक चलाउन निकै मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्