बिपन्नका घरघरमा पुगेर राहत बाँड्दै बाह्रबिसेका मेयर



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

लकडाउनका कारण छाक टार्नै नसकिरहेकाहरुलाई घर घरमा पुगेर राहत वितरण सुरु गरिएको छ । लकडाउनका कारण अति बिपन्न र ज्यालादारी गरेर जीवन धानिरहेकाहरु समस्यामा परेपछि बर्हबिसे नगरपालिकाले टोल टोलमा पुगेर खाध्यान्न राहत वितरण सुरु गरेको हो ।मंगलबार बार्हबिसे नगरपालिका १ स्थित दुर्गम क्षेत्र घोर्थलीमा बिपन्नका आँगनमै पुगेर मेयर निमफुन्जो शेर्पाले खाद्यान्न प्रदान गर्नुभयो ।

मंगलबार घोर्थलिका विपन्न र श्रमिक मजदुर गरि ६८ परिवारलाई ३० किलोग्राम चामलसहित १ किलो दाल, १ किलो नुन र एक लिटर तेल प्रदान गरिएको छ । ट्रकमा खाध्यान्न लगेर उनिहरुलाई घर आँगनमै वितरण गरिएको थियो ।आँगनमै खाध्यान्न राहत पाउँदा विपन्न र श्रमिक मजदुरहरुको मुहार उज्यालिएको छ ।

दुखमा नगरपालिकाले सघाउ गरेको भन्दै स्थानिय पदमकुमारी मगरले खुसी ब्यक्त गर्नुभयो । ‘भोकै मरिएला जस्तो थियो, आँगनमै चामल ल्याईदिनुभो’ , खाध्यान्न राह पाएपछी स्थानिय गोपाल बिकले भन्नुभयो । वडास्तरमा वडाध्यक्ष्को नेतृत्वमा एक वडा सदस्य, राजनितिक दलका प्रतिनिधि र वडा सचिव सम्मिलित समिती बनाएर बिपन्न र मजदुरको पहिचान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्