ट्रकमा आगलागी



घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीमा पूर्वबाट पश्चिम जांदै गरेको ट्रकमा एकाएक आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी २ पूर्व पश्चिम महेन्द्र राजमार्गको दाउन्ने उकालोमा सो आगलागी भएको हो ।

आगलागी बाट ग १ ख ५९०० नम्वरको ट्रकको ईन्जिन र अगाडिको भाग जलेर नष्ट भएको छ । गुडिरहेको ट्रकमा एक्कासी आगलागी भए पछि दुम्किबास प्रहरी र स्थानीयको सहयोगमा विहान ९ बजे आगो नियन्त्रणमा आएको थियो ।ट्रकमा आगो के कसरी लागेको हो खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्