बनिया धरौटीमा रिहा



घनश्याम बगाले,नवलपरासी ।

नगर पालिकालाई न्यूनगुणस्तरको चामल विक्री गरेको आरोप लागेका गल्ला ब्यापारी धरौटीमा रिहा भएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका लागि खरिद गरेको चामल विक्री गर्ने स्थानीय पटवारी वनियां परासी कारागारबाट रिहा भएका हुन् । बनियांले नगरपालिकालाई उपलब्ध गराएको चामल न्युन गुणस्तर तथा नेपाल सरकारले तोकेको मापदण्ड विपरित रहेको पाइएको थियो ।

सदरमुकाम परासी निवासी ७३ वर्षीय बनियां माथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा द्धारा अदालत तथा प्रशासनमा मुद्दा परेको थियो ।
बनियां विरुद्ध पश्चिम नवलपरासी जिल्ला अदालतमा मुद्दा परे पछि उनलाई पूर्पक्ष्यका लागि कारागार पठाइएको थियो । कारागारमै रहेका बेला बनियांले थुना मुक्तिका लागि तुलसीपुर उच्च अदालत बुटवल ईजलाशमा निवेदन दिएका थिए ।

बनियांको निवेदन माथिको सुनवाईमा उच्च अदालतले ५० हजार धरौटीमा छाड्ने आदेश भए संगै बनियां सोमबार थुना मुक्त भएकाहुन् ।बनियांले नगर पालिकालाई ४० रुपैयां केजीको दरमा २ सय ५० क्वीन्टल चामल उपलब्ध गराएका थिए । जुन चामल नगरपालिकाले आफ्ना विभिन्न वडामा राहत स्वरुप वितरतण गरेको थियो ।

नगरपालिका द्धारा वितरति सो चामल खान योग्य नरहेको भन्दै विपन्नहरुले चामल फालेर विरोध जनाए पछि घटनाले चौतर्फी रुप लिएको हो ।यसै गरी खाद्य उद्योग संचालन तथा विक्रि वितरण सम्वन्धि अनुज्ञापत्र विना ब्यवसाय संचालन गरेको भनि परेको मुद्दामा बनियांले प्रशासनलाई १० हजार धरौटी बुझाएकाछन् । चामल प्रकरणमा ब्यापारी बनियां मात्र अनुसन्धानको घेरामा तानिए पनि राहत खरिदको समग्र प्रक्रिया बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पहल थालेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्