लकडाउन नगरौं, कोरोनासँगै बाँच्न सिकौं !

लक्ष्मण अधिकारी



तत्कालै नखुले पनि केही दिनपछि त लकडाउन खोल्नैपर्ने हुन्छ, खुल्छ । तर, लकडाउन खुलेपछिको जीवन कस्तो होला ? भारी वर्षापछि उदाएको सूर्यजस्तो वा असिना–पानीले थिलथिलो पारेको गोलभेडा बारीजस्तो ?

लक्ष्मण अधिकारी

आज धेरैको मन यस्तै दुविधायुक्त तरङ्गभित्र रुमलिइरहेको छ । नहोस् पनि किन ? नेपालमा दुई जना कोरोना संक्रमित विरामी देखिदा सुरु भएको लकडाउन, संक्रमितको संख्या ८२ पुगेको अवस्था छ । तर, यही अवस्थामा अब खोल्नुपर्छ भनेर दवाव सिर्जना हुन थालेको छ ।

कोरोना भाइरसजस्तो महाभारी नियन्त्रण गर्न लकडाउन नै उपयुक्त विधि त हो तर महामारी निर्मूल पारेपछि मात्र लकडाउनु खोल्छु भन्नु पनि व्यवहारिक हुने देखिन्न, किन कि यो सहजै अन्त्य हुने छाँट देखिदैन । कोरोना भाइरस मानव सामाजमा ईन्फ्लुन्जा, डेँगु र एचआइभी भाइरस जस्तो निरन्तर बसिनरहे पनि यो दशकौँसम्म पृथ्वीको कुनै न कुनै भागमा वसिरहने पनि सक्छ ।

करिव पाँच महिना अघि चिनमा आउटब्रेक भएको कोरोना भाइरस त्यहाँ अझै निर्मूल भएको छैन । यो भाइरस युरोप, अमेरिका र मध्यपूर्वको जनजीवन तथा अर्थतन्त्रलाई थलापार्दै अहिले दक्षिण पूर्वी एसियामा उर्लदो क्रममा देखिन लागेको छ । हालसम्म विश्वका करिव साढे छत्तिस लाख मानिस संक्रमित भइसकेका छन भने दैनिक तीन हजार बढीमा नयाँ संक्रमण देखिदै आएको छ ।

त्यसैले पनि कोरोनाको कहरबाट सुरक्षित हुन व्यक्तिगत दुरी कायम गर्दै दैनिक जीवन सञ्चालनका लागि लकडाउन त फुकाउनै पर्ने हुन्छ । तर यही भाइरसका कारण अहिलेसम्म २ लाख ५२ हजार बढी मानिसको जीवन गइसकेकोले लकडाउन खुले पनि जीवन पहिलेजस्तो स्वरुपमा नफर्किन सक्छ । रोगबाट बच्नका लागि नयाँ परिवेशमा भिन्न शैलीबाट जीवन जीउन अभ्यस्त हुनुपर्ने देखिन्छ ।

लकडाउन खुलेपछि हाम्रो दैनिक जीवन पहिलेजस्तो सहज हुनेछैन । घरबाहिर निस्किदा हामीले ठाउँठाउँमा हात धुनुपर्ने हुनसक्छ । स्यानिटाइजर र मास्कविना कतै पनि प्रवेस पाउन नसकिने, जहाँ जाँदा पनि ६ फिटको दुरीमा लाइन वस्नुपर्ने हुनसक्छ । पछि ग्एर यो मानिसहरुको ब्राण्ड ह्याविट जस्तो जीवनशैली नै बनेर जानसक्छ । मानिसहरु भेट्दा हात मिलाउने, अंकमाल गर्ने र पश्चिमा शैलीमा गाला जोडेर मायाँ देखाउने प्रबृति हराउँदै हात जोडेर नमस्कार गर्नेमा नै सीमित हुनसक्ने छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक डा फाउसीले हालै भनेको कुरा, ‘हामीले अव कहिल्यै पनि हात मिलाउनु हुँदैन’ लाई संसारका सवै मानिसले अवलम्बन गर्दै जानुपर्ने हुनसक्छ ।

हाम्रा यात्राहरु पनि स्वतन्त्र र सहज हुने छैनन्, जसले गर्दा पर्यटन उद्योगम ठूलो असर पर्नसक्ने छ । कतै गएर कसैलाई भेट्न र रात विताउन अव हामीले धेरैपटक सोच्नुपर्ने हुनसक्छ । हामीले विदेश यात्रा गर्दा भिसाको साथै कोरोना भाइरस मूक्तिको छाप हान्नैपर्ने हुनसक्छ । अरु कुनै कारण हामीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएमा पनि हामीलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिदिनसक्छ । विदेशमा पनि हामीलाई फोन र सिसी टिभिबाट अपराधी जस्तै निगरानी गरिरहनसक्छ ।

अस्पतालहरुमा पहिलेजस्तो सहजता नहुनसक्छ । रुघाखोकी र ज्वरो आएका विरामीले धेरै अस्पताल धाउनुपर्ने स्थिति आउनसक्छ । ठूला अस्पतालमा पनि राम्रो परीक्षण गर्ने भन्दा एकैचोटी आइसोलेसन बेडमा पठाउने प्रबृत्ति मौलाउन सक्छ । अव डिजिटल हेल्थ केयर सिस्टमले प्राथमिकता पाउन सक्नेछ । विकसित देसले आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग बढाउने छन भने विकासोन्मुख देशमा टेलिमेडिसिनले बढावा पाउन सक्ने छ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु बढी जोखिम र तनावमा पर्नेछन् । भिडभाड गरेर धेरै विरामी जाँच्ने क्लिनिकका डाक्टरहरुले अव एक एक गरेर पालै पालो विरामीलाई बोलाउन थाल्ने छन्, जुन मोडल डा सुन्दरमणि दीक्षितले पहिले देखि अपनाउनदै आउनु भएको छ ।

नेपालमा अहिले कोरोना भाइरसका करिव आधा विरामीहरुको मूलो श्रोत दिल्लीको मस्जित देखिएको छ । नेपालका मस्जित भएका तथा मुश्लिम वस्तीहरु भएका पर्सा, बाँके, उदयपुरको भुल्के क्षेत्रमा धेरै विरामीहरु देखिएको कारणले पनि अव मस्जितहरुमा पहिले जस्तो भिडभाड गरेर नमाज पढ्ने र अंकमाल गर्ने परम्परामा परिवर्तन आउन सक्ने छ । त्यस्तै मन्दिर र चर्चहरुमा पनि हामीले पहिले गरेजस्तै भिडभाड गरेर पूजा र प्रार्थना गर्न बर्षौँ कुर्नुपर्ने स्थिति आउन सक्ने छ ।

कोरोनाकै कारण मानिसका भौतिक सुविधा र सौखहरुमा पनि परिवर्तन आउन सक्ने छ । ठीक दुई वर्ष अगाडि निपा भाइरसको मार खेपेको भारतस्थित केरला राज्यको कोरोनासम्बन्धी टास्क फोर्सले हालै कार्यालय र गाडीहरुका पनि एसी बन्द राख्न सुझाव दिएको छ । यसको अवलम्बन अन्यत्र पनि हुनसक्छ । अव लकडाउन खुलेपछि मानिसहरु पहिले जस्तै चिया तथा कफी सपमा जम्मा भएर खान हिचकिचाउन सक्छन् । अर्काले सल्काएको चुरोट खै खै भन्न वा माडेको सुर्ति मागेर ओठमा च्याप्ने बानीमा पनि परिवर्तन आउन सक्ने छ ।

अफिसमा सँगै बस्दा वा बाटोमा हिड्दा पनि मानिसहरुले व्यक्तिगत दुरी कायम गरेर हिड्ने प्रयास गर्नेछन् । बाहिर जाँदा लगाएका लुका चारपाँच घण्टा बाहिरै राख्नुपर्ने भएकाले महंगा लुगा र गहना किन्ने, लगाउने प्रबृत्तिमा परिवर्तन आउन सक्नेछ । बजारमा मास्कको माग बढ्ने छ भने लिपिष्टिकको माग घट्न सक्ने छ । पान पसल, रेष्टुराँ, जिम, पार्लर, सैलुन,सिनेमा हल, योगा सेन्टरहरु, डिपार्टमेन्टल स्टोरहरु क्याटरिङ, खेलकुद स्ेटेडियम, एयरपोर्टहरुमा लामो समय मानिसको उपस्थिति न्युन हुने छ जसले लगानीकर्ताको अर्थतन्त्र खलबल्याउने मात्र नभई रोजगारी कटौती हुँदा त्यसको मारमा परेकाहरु डिप्रेसन, एन्जाइटीबाट पीडित हुनसक्नेछन् ।

कोरोना भाइरसले सवै नराम्रो मात्र गरेको छैन् । लेखक एन्थनी टि हिन्कसले हालै भनेका छन्, ‘महामारीले मलाई मसँग परिवार छ, साथीहरु छन्, मुटु छ, आस्था र विश्वास छ भन्ने कुरा महसुस गराएको छ । यसले जीवन विनास गर्ने होइन प्रबद्र्धन गर्न सिकाएको छ ।’

महामारीपछिको लकडाउनमा बस्दा मानिसहरुले आफू तथा परिवारको भावना र वरिपरिको बातावरणको महसुस गर्ने अवसर पाउनु राम्रो कुरा त हो । तर जीवन सधैँ घर बसेर नचल्ला । त्यसको लागि अव दूरसञ्चार प्रविधिको विकासले गति पाउन सक्ने छ । हाम्रै मुलुकको कुरा गर्ने हो भने अहिले द्रुत गतिको इन्टरनेट सेवा मुलुकभर सहजरुपमा उपलब्ध हुन्थ्यो भने अनलाई कक्षाबाट स्कुल र कलेजको पठन पाठन सहजरुपमा सञ्चालन हुने थियो ।

अहिले अनलाइन शिक्षा र टेलिमेडिसिनको कुराको उत्कर्षमा चर्चा छ तर भौगोलिकरुपमा समान स्तरको गुणस्तरीय सेवा उपलब्ध नहुँदा कागलाई बेल पाक्यो हर्ष न विष््मातको स्थिति उत्पन्न भएको छ । तर भविष्यमा यसको उच्च माग हुने कुरालाई दृष्टिगत गरी लकडाउन पछि निजी र सरकारी दुवै क्षेत्रबाट यो क्षेत्रको विकासले दु्रतता पाउन सक्छ । यो सँगै मानिसहरुले घरै बसेरै जीवनका हरेक क्षेत्रमा अनलाईन सुविधाको उपभोगमा बृद्धि गर्नेछन् ।कोरोना भाइरसले हामीलाई सरसफाइमा जोड दिने, व्यक्तिगत दूरी कायम गर्ने, पब्लिक हेल्थका सिद्धान्तहरु कार्यान्वयन गर्ने, स्वास्थ्य पूर्वाधारहरुको बृद्धि र सुदृढकिरण गर्ने मानवीय मुल्य मान्यतालाई प्रबद्र्धन गर्न पून झकझक्याएको छ ।

कोरोना भाइरस लामो समय मानव सामाजमा रहेपनि सधैँ नरहला, यसविरुद्ध हामीले विजय प्राप्त गर्नेछौँ तर कति समय लाग्छ यो अहिले अनुमान मात्र हो । कोरोनालाई इतिहास बनाउनका लागि हामीले व्यक्तिगत दुरी कायम गर्नुका साथै सरसफाइमा ध्यान दिनैपर्छ, र सवैले मास्कको प्रयोगलाई जोड दिनैपर्छ । एकजनाको प्रयासले महामारी नियन्त्राण हुन सक्तैन । जर्मन लेखक जोन डब्लु गोथेले करिव दुई सय वर्ष अघि भनेझैँ, ‘हरेकले आप्mनो ढोका अगाडि सफा गरेमा संसार सफा हुन्छ ।’

तर कोरोना भाइरस निर्मूल पारेपछि मात्र लकडाउन खोल्नुपर्छ र जीवन सुरु गर्नुपर्छ भन्ने कुरा असम्भव जस्तै लाग्छ । हामीले त क्षय रोग, डेँगु, इन्प्mुन्जा, एचआइभीसँगै जीवन जीउन सिकेजस्तै कोरोनासँग पनि जीउने कला सिक्न जरुरी छ । यस सन्दर्भमा बृटिस लेखक भिभिन ग्रिनको भनाई निकै सान्दर्भिक लाग्छ, ‘जीवन भनेको आँधि कहिले सकिएला भनेर कुर्ने होइन, यो त झरीमा कसरी नाच्ने भनेर सिक्ने कला हो ।’

प्रतिक्रिया दिनुहोस्