मेसी सर्वाधिक ‘म्यान अफ द म्याच’



लन्डन, (एजेन्सी) ।

फुटबल म्याच अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीलाई ‘म्यान अफ दि म्याच’ घोषणा गरिन्छ । को बढी म्यान अफ दि म्याच बने होलान् त भन्ने कुरामा कौतुहल जाग्न सक्छ । वर्तमान विश्व फुटबलको कुरा गर्दा यो विषयमा बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका लियोनेल मेसी अग्रपंक्तिमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फूटी रूमले बितेको एक दशकमा लियोनेल मेसी २ सय २५ खेलमा म्यान अफ दि म्याच घोषित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

हुनत बितेका १२ वर्षको आकंडा हेर्ने हो भने सर्वाधिक ६ पटक फिफा प्लेयर अफ दी ईयर र बालोन डी ओर अवार्ड पनि मेसीकै नाममा रहेको छ । उक्त सूचीको दोस्रो स्थानमा भने युभेन्ट्सका पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डो छन् । विगत १० वर्षको अवधिमा उनी १ सय २५ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनले पोर्चुगल, रियल मेड्रिड र युभेन्ट्सबाट खेल्दै म्यान अफ दि म्याच संख्या १ सय २५ पुर्याएका हुन् ।

त्यस्तै चेल्सी र रियल मेड्रिडबाट खेलेका बेल्जियन स्टार इडेन हजार्ड यस सूचीको तेस्रो स्थानमा छन् । सबैखाले म्याचमा गरी उनी कुल ९३ पटक म्यान अफ डी म्याच घोषित भएका छन् । त्यसैगरी चौथो स्थानमा स्वीडेनका जाल्टन इब्राहिमोभिच छन् । एसी मिलान, पीएसजी, म्यानचेस्टर यूनाइटेड र एलए ग्यालेक्सीबाट खेलेका जाल्टन कुल ८९ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । त्यस्तै समान ६३ पटक म्यान अफ दि म्याच बनेका ब्राजिलका नेयमार र उरुग्वेका लुइस स्वारेज पाँचौ स्थानमा छन् । त्यसैगरी ६२ पटकका गेरेथ बेल, ५८ पटकका एन्टोइन ग्रीजम्यान, ५३ पटकका आर्टुरो भीडाल र ५० पटकका मार्को रेउस क्रमशः छैटौँ देखि १० औं स्थानमा छन् । यो तथ्याङ्क वितेको १० वर्षभित्रको आकंडालाई आधारमा मानेर फूटी रूमले तयार पारेका हुन ।

प्रतिक्रिया दिनुहोस्