भीरकोट नगरपालिकाको राहत कोषमा रकम आउने क्रम जारी



भूपराज बस्याल,स्याङ्जा ।

कोरोना भाइरस कोभिड १९ बाट प्रभावित भीरकोट वासीहरुको लागी विभिन्न संघ सस्थाहरुबाट राहत रकम आउनेक्रम जारी रहेको छ । माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट वच्न गरिएको लकडाउनबाट प्रभावित र अति विपन्न परिवारको लागि भीरकोटमा आएर वसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी वडा न १ निवासि समाजसेवी क्या. दुर्गा वहादुर थापाले रु २५,००० हजार र वडा न १ मा रहेको आँधिखोला बचत तथा ऋण सहकारी सस्था लिमिटेड वयरघारीका सदस्य क्षेत्र वहादुर थापा र प्रबन्धक भरत खड्काले संयुक्त रुपमा राहत कोषमा जम्मा हुने गरी रु २५,००० हजार नगर प्रमुख छायाराम खनाल लाई प्रदान गर्नुभएको छ ।

भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनिहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सवै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडमा दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य भैरहेकोे वताउनुभयो ।

साथै प्रमुख खनालले अझै पनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धीत वडा अध्यक्ष संग सम्र्पक गर्न पनि आग्रह गर्दै राहत कोषमा सहयोग गर्ने समाजसेवी क्या.दुर्गा वहादुर थापा र आँधिखोला बचत तथा ऋण सहकारी सस्था लि लाई धन्यवाद व्यक्त गर्नुभयो । हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख १९ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्