रोल्पामा बम बिस्फोट ४ बालबालिकाको मृत्यु



न्युज अफ नेपाल,काठमाडौँ ।

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किएर चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीय विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। गाउँको नजिकैको जंगलमा बाख्रा चराउन गएका  उनीहरु विष्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको छ।

विष्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्