पत्रकार कार्की प्रहरी नियन्त्रणमा, रिहाई गर्न प्रेस संगठनको आग्रह



विमल विष्ट,डोटी ।

राहत बितरणको समाचार संङ्कलनका लागि डोटीको केआइसिंह गाउँपालिका वडा नं ४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको भन्दै प्रेस संगठन डोटीले आज एक प्रेस बिज्ञप्ती प्रकासित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले दाबी गर्नु भएको छ । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथी हातपात गर्नुका साथै प्रहरीले बिनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म समाचार सङ्कलन गर्न भएको थिए, वडाअध्यक्षले मोवाइल खोसेर हातपात गरे प्रहरीले बिनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।” प्रेस संगठन डोटीका संयोजक कर्ण चन्द द्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा प्रहरीले बिनाकारण नियन्त्रणमा लिइ हिरासतमा राखेका पत्रकार कार्कीलाइ तत्काल स सम्मान रिहाइ गर्न माग गरिएको छ ।

आफुहरुको मागलाइ बेवास्ता गर्दै रिहाइ नगरिए त्यसपछि उत्पन्न हुने परिस्थितीको जिम्मेवार जिल्लाको प्रहरी, प्रशासन हुनु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा भनिएको छ “घटनाको यथार्थ छानबिनका सहित दोसिलाइ कारवाहि गर्नकालागि सम्बन्धित निकायलाइ आग्रह गर्दै रेडियोकर्मी कार्कीलाई रिहाईको लागि हार्दिक अपिल गर्दछौ ।”

समाचार सङ्कलन गर्न गएका पत्रकार कार्की माथी वडाअध्यक्षलाई कुटपिट गरेको भन्ने आरोप लगाईएको छ । प्रहरीले कार्की सहित तिन जना अन्य व्यक्तिले वडाअध्यक्षमाथी कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्