रसुवामा मासु तथा तरकारी जिल्ला बाहिरबाट ल्याउन नपाईने



न्युज अफ नेपाल,रसुवा ।

रसुवामा कृषि तथा पशुजन्य बस्तु बाहिरी जिल्लाबाट ल्याउन नपाईने भएको छ। विपद व्यवस्थापन समितिको वैठकले पशुजन्य लगाएत कृषि उत्पादन बस्तुहरू बाहिरी जिल्लाबाट ल्याउन नपाउने निर्णय गरी कोरोना अर्थात् कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई ध्यान दिई जिल्ला बाहिरबाट आउने फलफुल तथा मासुजन्य चिज, तरकारीलाई अर्को व्यवस्था नभए सम्म अहिलेलाई ल्याउन नपाईने भएको छ।

जिल्लामै उत्पादन हुने तरकारी,फलफुल लगायतका सामान विक्री वितरण गर्ने व्यवस्था मिलाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्